साइबर ब्युरोले भन्योः सामाजिक सञ्जालमार्फत अशान्ति र हिंसा फैलाउने अभिव्यक्ति नदिनू
काठमाडौं । साइबर ब्युरोले पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल माध्यमहरूमार्फत समाजमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउन सक्ने खालका अभिव्यक्ति आइरहेको भन्दै ध्यानाकर्षण जनाएको छ । यसखाले अभिव्यक्तिहरू पोस्ट गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य बढिरहेको भन्दै ब्युरोले शुक्रबार एक सूचनामार्फत सबैलाई सचेत गराएको हो । "यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरणको सृजना गरी सामाजिक सद्‍भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्‍याउन सक्ने भएकाले त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्न नगराउन अनुरोध...

What's Your Reaction?






