राजावादी आन्दोलन हिंसात्मक बनेको भन्दै काङ्ग्रेसले गर्‍यो निन्दा

काठमाडौं । नेपाली काँग्रेसले राजवादीहरूले शुक्रवार काठमाडौंमा गरेको हिंसात्मक आन्दोलनको आलोचना गरेको छ। पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण विरोध र संवैधानिक मार्गमा समाधान खोज्न आग्रह गरिएको छ । कांग्रेसले घर, मिडिया हाउस, कार्यालय, सपिङ मल र सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीलाई “अत्यन्तै निन्दनीय” कार्य भएको बताएको छ । […]

Mar 28, 2025 - 17:00
 0
राजावादी आन्दोलन हिंसात्मक बनेको भन्दै काङ्ग्रेसले गर्‍यो निन्दा

काठमाडौं । नेपाली काँग्रेसले राजवादीहरूले शुक्रवार काठमाडौंमा गरेको हिंसात्मक आन्दोलनको आलोचना गरेको छ। पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण विरोध र संवैधानिक मार्गमा समाधान खोज्न आग्रह गरिएको छ ।

कांग्रेसले घर, मिडिया हाउस, कार्यालय, सपिङ मल र सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीलाई “अत्यन्तै निन्दनीय” कार्य भएको बताएको छ । विज्ञप्तिमा हिंसा रोक्न र एकता कायम राख्न सबै नागरिकलाई आह्वान गरिएको छ ।

महामन्त्रीद्वयले लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता व्यक्त गर्दै संविधानको दायरामा नै समस्याको समाधान खोज्न आग्रह गरेका छन् । कांग्रेसले राजतन्त्रलाई पूर्णतः अस्वीकार गर्दै वर्तमान संवैधानिक व्यवस्थालाई अझ सुधार्न प्रतिबद्धता व्यक्त गरेको छ ।

‘नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सम्भव छ । नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन हामी दृढ ढङ्गले प्रतिबद्ध छौ’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र रहेको बताउँदै राजतन्त्र एक्काइसौँ शताब्दीको सचेत नेपालीका लागि विकल्प बन्न नसक्ने जिकिर समेत गरेको छ ।

आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा ध्यान पुर्‍याउन र हिंसामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न सरकारलाई आग्रह समेत गरिएको छ ।

‘आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति नेपाली काँग्रेस गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेहरूको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गर्दै, हिंसा भड्‌काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register