तीनकुने घटनाः ज्यान गुमाएका रजक र महर्जनको परिवारलाई मीन बहादुर गुरुङद्वारा आर्थिक सहयोगको घोषणा

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गतेको ‘तीनकुने घटना’ मा ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । गुरुङले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।  गुरुङले सुरेश रजकको परिवारलाई ५ लाख रुपैयाँ र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ […]

Apr 2, 2025 - 08:10
 0
तीनकुने घटनाः ज्यान गुमाएका रजक र महर्जनको परिवारलाई मीन बहादुर गुरुङद्वारा आर्थिक सहयोगको घोषणा

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गतेको ‘तीनकुने घटना’ मा ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । गुरुङले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । 

गुरुङले सुरेश रजकको परिवारलाई ५ लाख रुपैयाँ र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत प्रदान गर्ने घोषणा गरेका छन् । 

चैत १५ गते आन्दोलनका क्रममा तोडफोड र लुटपाट गर्नेबाट थप क्षति हुनबाट कोटेश्वरको भाटभटेनीलाई जोगाउने सुरक्षा गार्डसहित ५० बढी कर्मचारीलाई सम्मान गर्दै गुरुङले रजक र महर्जनको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका हुन् ।

सोही कार्यक्रममा भाटभटेनीले १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख रुपैयाँ नगद पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको छ । त्यसबाहेक भाटभटेनीले लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register