के हो ‘ब्ल्यू कार सिन्ड्रोम’ ?

काठमाडौं । के आफूलाई मन परेको ब्राण्डको बाइक वा कार तपाईं हरेक ठाउँमा देख्नुहुन्छ । के तपाईलाई कुनै नयाँ शब्द जानेपछि कुनै नयाँ सामान वा अनौठो स्वास्थ्य अवस्थाबारे अवगत भएपछि पहिलेभन्दा पटकपटक त्यही जानकारीसँग नियिमित साक्षात्कर भइरहेको जस्तो महसुस हुने गर्छ । यसलाई फ्रिक्वेन्सी इल्यिुजन (आवृत्ति भ्रम) “Frequency Illusion” भनिन्छ । फ्रिक्वेन्सी इलयूजन भनेको मेमोरी […]

Apr 10, 2025 - 12:45
 0
के हो ‘ब्ल्यू कार सिन्ड्रोम’ ?

काठमाडौं । के आफूलाई मन परेको ब्राण्डको बाइक वा कार तपाईं हरेक ठाउँमा देख्नुहुन्छ । के तपाईलाई कुनै नयाँ शब्द जानेपछि कुनै नयाँ सामान वा अनौठो स्वास्थ्य अवस्थाबारे अवगत भएपछि पहिलेभन्दा पटकपटक त्यही जानकारीसँग नियिमित साक्षात्कर भइरहेको जस्तो महसुस हुने गर्छ । यसलाई फ्रिक्वेन्सी इल्यिुजन (आवृत्ति भ्रम) “Frequency Illusion” भनिन्छ ।

फ्रिक्वेन्सी इलयूजन भनेको मेमोरी अर्थात् यादहरुसँग जोडिएको हुन्छ । यसकारण केहीबारेमा थाहा पाएपछि त्यसलाई पटक-पटक देखिने गरिन्छ ।

वास्तवमा तपाईंलाई नयाँ मनपर्ने गाना सधैँ वरिपरि नै बजिरहेको हुन्छ । तर, त्यो दिमागमा भएकोले त्यसलाई जताततै याद गर्न थालिन्छ । र, लाग्छ कि त्यो वस्तु, गीत वा नाम प्रसिद्ध भयो ।

विज्ञहरुले यसलाई ‘बादेर मिनहफ फेनोमनन्न’ वा ‘ब्ल्यू कार सिन्ड्रोम’ (Baader-Meinhof Phenomenon or Blue Car Syndrome) पनि भन्छन् ।

बादेर–फेनोमेनन्न पश्मि जमर्नीको एक अतिवादी समूहबाट आएको शब्द हो । कुनै मानिसले त्यस अतिवादीबारे पत्रिकामा पढे, यसपश्चात अतिवादी समूहको बारेमा पटक-पटक देखिन थाले, वर्षौँपश्चात एउटा समाचारको शीर्षकको रुपमा विकसित भयो ।

यस्तै, समान अवस्थापश्चात यसलाई ब्ल्यू कार सिन्ड्रोम भनेर पनि चिनियो । अर्थात् जब एउटा कारलाई देखिन्छ तब त्यस्तै गाडीलाई निरन्तर देखिरहने सम्भावना उच्च हुन्छ ।

ब्ल्यू कार सिन्ड्रोम किन हुन्छ ?

यो एउटा सामान्य परिघटना हो । जीवनको कुनै चरणमा सबैजनाले यसको प्रभाव महसुस गर्ने गर्दछन् । यस्तो हुन्छ किनभने हालसालै आफ्नो जीवनमा महत्वपूर्ण घटना भएमा यस्तै वस्तुमा थप ध्यान केन्द्रित हुने गर्दछ ।

यस फ्रिक्वेन्सी इल्युजनको दुई भाग हुने गर्दछ । पहिलो, यो विश्वास हुन्छ कि केही वस्तु अत्याधिक रुपमा देखिन थालेको छ । त्यसपछि कि त्यो शब्द, अवाधारण वा वस्तु अहिले जति कहिले पनि नदेखिएको भनेर आफैँले आफैँलाई कन्भिन्स गर्न थालिन्छ ।

यसलाई कन्फर्मेसन बायस भनिन्छ । जसमा आवृत्ति वास्तवमा बढेको हुँदैन तर मस्तिष्कले विश्वास दिलाउँछ कि, यो देखिने सङ्ख्यामा वृद्धि भएको छ ।

यद्यपि, फ्रिक्वेन्सी इल्यूजनमा निकै थोरै अध्ययन भएकोले यसलाई memory-driven attentional capture अर्थात् स्मृतिद्वारा सञ्चालित ध्यानाकर्षण मा जसरी सतर्कता कसरी निर्देशित गर्छ भन्नेबारेमा भएको अध्ययनको जस्तै केन्द्रित हुने अवस्थाको रुपमा पनि बुझ्न सकिन्छ । यस्तै नतिजा फ्रिक्वेन्सी इल्युजनमा पनि देखिन्छ ।

जब दिमागमा केही कुरा फुर्छ, तब सतर्कता प्राकृतिक रुपमा नै आपसे आप त्यतै तिर जान थाल्छ ।

यसरी नै फ्रिक्वेन्सी इल्युजन पनि स्वेच्छिक वा अस्वेच्छिक ध्यानमा निर्भर हुन्छ । स्वेच्छिक ध्यानले हालको अवस्थमा के महत्वपूर्ण र केमा ध्यान केन्द्रित गर्नुपर्छमा सहयोग गर्छ । सो ध्यानबाट ध्यान हटेपछिको ध्यान भनेको अस्वेच्छिक ध्यान हो ।

यसले हामी कसरी विकसित भएका छौँ भन्ने जनाउँछ । हाम्रो मष्तिष्कले हाम्रो वरिपरिको वातावरण सुरक्षित होस् भन्न अपेक्षा राख्छ । तर, कुनै काम सम्पन्न गर्न हामीले केही कुरालाई सहि तरिकाले ट्यून गर्न पनि आवश्यक हुन्छ ।

ध्यान केही सिक्न र स्मरणको लागि आवश्यक हुन्छ । यदि हामीले केही रुपमा ध्यान केन्द्रित गरेनौँ भने, हामीले त्यसलाई सम्झन सक्दैँनौँ । त्यसैलै पहिलो चोटी कुनै पनि करा सिकिन्छ भने, त्यसलाई विभिन्न समयमा फरक स्थानमा याद गर्ने सम्भवाना हुने गर्दछ । किन भने त्यसबारे मष्तिष्क सचेत भइसकेको हुन्छ ।

ब्ल्यू कार सिन्ड्रोमले कस्तो असर पार्छ ?

धेरैजसो मानिसका लागि फ्रिक्वेन्सी इलुजनले कुनै ठूलो प्रभाव पार्दैन । यो केवल एउटा रोचक मनोवैज्ञानिक घटना हो । तर, केहीका लागि भने यो भ्रमले गम्भीर परिणामहरू निम्त्याउन सक्छ ।

उदाहरणका लागि यदि तपाईं अपराध अनुसन्धान (क्रिमिनोलोजी) क्षेत्रमा काम गर्नुहुन्छ भने तपाईंको ध्यान कुनै विशेष शङ्कास्पद व्यक्तिमा केन्द्रित हुन सक्छ । त्यसपछि जब नयाँ सूचना आउँछ, तपाईंको दिमाग त्यसै व्यक्तितर्फ झन् बढी आकर्षित हुन्छ । यसले अनुसन्धानमा मद्दत पुर्‍याउन सक्छ र सही अभियुक्त पत्ता लगाउन उपयोगी हुन सक्छ । तर, यसले हानिकारक पनि हुन सक्छ । यदि अनुसन्धानकर्ताको ध्यान केवल एक व्यक्तिमा केन्द्रित हुन्छ भने उनीहरूले अन्य महत्वपूर्ण प्रमाणहरू छुटाउन सक्छन् ।

त्यस्तैगरी यदि तपाईं चिकित्सा क्षेत्रमा काम गर्नुहुन्छ भने भर्खरै कुनै नयाँ रोगबारे थाहा पाउनुभएको हुन सक्छ । त्यस रोगप्रति तपाईंको ध्यान केन्द्रित भएकाले त्यस्ता लक्षण भएका धेरै बिरामीलाई सोही रोग भएको ठान्न सक्नुहुन्छ । यस अवस्थामा फ्रिक्वेन्सी इलुजन उपयोगी हुन सक्छ, किनकि तपाईं नयाँ रोगबारे बढी सचेत हुनुहुन्छ । तर, यसले तपाईंलाई अन्य समान प्रकृतिका रोगहरू छुटाउन र गलत निदान गर्न पनि प्रेरित गर्न सक्छ ।

अन्य अवस्थामा यदि तपाईंमा केही मानसिक रोगहरू छन् भने फ्रिक्वेन्सी इलुजनले ती लक्षणहरूलाई झन् गम्भीर बनाउँन सक्छ । उदाहरणका लागि यदि तपाईंलाई सिजोफ्रेनिया छ भने फ्रिक्वेन्सी इलुजनबाट उत्पन्न कन्फर्मेसन बायस (पुष्टीकरण पूर्वाग्रह)ले तपाईंका शङ्का वा भ्रान्तिलाई झनै बलियो बनाइदिन्छ । तपाईंले विश्वास गर्न थालेको कुनै भ्रमलाई तपाईंको मस्तिष्कले वास्तविक ठान्न सक्छ – जबकि त्यो वस्तुतः गलत हुन सक्छ ।

समग्रमा यो घटनाले देखाउँछ कि तपाईंको मस्तिष्कले कति धेरै सूचना एकैपटक ग्रहण गर्छ । अधिकांश समय तपाईं त्यसप्रति सचेत हुनुहुन्न । तर, जब तपाईंको ध्यान कुनै विशेष कुरामा केन्द्रित हुन्छ, तपाईं त्यही विषयसँग सम्बन्धित कुरा बढी देख्न र महसुस गर्न थाल्नुहुन्छ – जुन कुरा यही अवधारणाले स्पष्ट पार्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register