मकालुमा लेक लागेर चिकित्सकको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेकलागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा आशिष सिग्देलको मृत्य भएको हो । मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताए । उनको […]

Apr 12, 2025 - 16:23
 0
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेकलागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा आशिष सिग्देलको मृत्य भएको हो ।

मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।

दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register