बेलायतका साहित्यकारहरूले सिर्जना वाचनसहित मनाए नेपाली नयाँ वर्ष

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नयाँ वर्ष २०८२ आगमनको अवसरमा सम्मान, सिर्जना वाचन र गीत सङ्गीतको संयोजनमा उत्साहवर्धकरूपमा नेपाली नयाँ वर्ष मनाएको छ । वेस्ट लन्डनस्थित एबीआई कलेज एक्टनमा आयोजित समारोहमा बेलायतका लागि नव नियुक्त  राजदूत चन्द्रकुमार घिमिरेलाई परिषद्को पदेन संरक्षककरूपमा स्वागत सम्मान गरियो । परिषदका अध्यक्ष कोमल […]

Apr 13, 2025 - 21:34
 0
बेलायतका साहित्यकारहरूले सिर्जना वाचनसहित मनाए नेपाली नयाँ वर्ष

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नयाँ वर्ष २०८२ आगमनको अवसरमा सम्मान, सिर्जना वाचन र गीत सङ्गीतको संयोजनमा उत्साहवर्धकरूपमा नेपाली नयाँ वर्ष मनाएको छ ।

वेस्ट लन्डनस्थित एबीआई कलेज एक्टनमा आयोजित समारोहमा बेलायतका लागि नव नियुक्त  राजदूत चन्द्रकुमार घिमिरेलाई परिषद्को पदेन संरक्षककरूपमा स्वागत सम्मान गरियो ।

परिषदका अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, प्रमुख वरिष्ठ सल्लाहकार डा. राघव धिताल ओबीई, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी लगायत कवि साहित्यकारहरुले राजदूत घिमिरेलाई ब्याज, खाता, पुष्प गुच्छा र प्रशंसापत्रबाट  अभिनन्दन गरे ।  

उक्त समारोहलाई संबोधन गर्दै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत घिमिरेले विदेशमा नेपाली पहिचान जीवन्त राख्न एवं नेपाली भाषा, साहित्य, संस्कृति जस्ता मूलभुत कुराहरूलाई संरक्षण र संबर्धन गर्न परिषदले निरन्तर गरेका गतिविधि अत्यन्त सराहनीय रहेको बताए । समारोहमा परिषदको संरक्षकत्व ग्रहण गर्दै राजदूत आचार्यले नेपाल र नेपालीको पहिचान समृद्धि हुने परिषद्का यस्ता सिर्जनात्मक कार्यहरूमा राजदूतावासको सहयोग र सहभागिता निरन्तर रहिरहने विस्वास पनि व्यक्त गरे । राजदूत घिमिरेले सबै सर्जकहरूमा नयाँ वर्ष २०८२ को उपलक्षमा नेपाली दूतावास र आफ्नो तर्फबाट शुभकामना समेत व्यक्त गरे ।

समारोहमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष  डा.राघव प्रसाद धिताल ओबिईले बेलायतमा नेपाली भाषा साहित्य कला जस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय भएका बताए ।  


सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्का पदेन संरक्षक महामहिम घिमिरेको स्वागत सम्मान गर्न पाउँदा हर्षले गदगद् भएको र परिषदले नेपाली पहिचान बोकेको नयाँ वर्ष मनाएर हाम्रो गाउँ घर, चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेका उल्लेख गरे ।

त्यसैगरी परिषदका पूर्व अध्यक्ष बिबिसी नेपाली सेवाका पूर्व संचालक कवि खगेन्द्र नेपालीले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके को स्थापना हुँदा तत्कालिन महामहिम राजदूत सूर्यप्रसाद श्रेष्ठको सल्लाह, सहमति र सहभागिताबाट नै बेलायतस्थित नेपाली राजदूत परिषद्को पदेन संरक्षक रहने परिपाटी भएको र तत्पश्चात आएका सबै राजदूतबाट नेपाली साहित्यको श्रीबृद्धि गर्नेकार्यमा परिषदमा गरिमामय सहभागिता र सहयोग रहँदै आएको स्मरण गरे । 

पूर्व अध्यक्ष नेपालीले हामी यसरी नै सिर्जनाले सिञ्चेर परिषद्को स्थापनाकाल देखि नै आफ्नो माटोको  सुवासना बोकेको नेपाली नयाँ वर्ष मनाउँदै आइरहेको र परिषदमा  राजदूतावासको प्रत्यक्ष संलग्नताले विशेष महत्व राखेको धारणा राखे ।

यस अघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले  बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र सम्वर्धन गर्न परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको चर्चा गरे । 

कार्यक्रम शुभारम्भ गर्दै परिषद्की महासचिव कवि डा. सुधा श्रेष्टले बेलायतको भूमिमा नेपाली भाषा साहित्यलाई जोगाउँदै लगेर नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा नेपाली साहित्य विकास परिषद्ले साहित्यिक गतिविधि गर्दै आएको बताइन् ।

राष्ट्रिय गानसंगै मंगल धुनबाट आरम्भ गरिएको समारोहमा अध्यक्ष मल्लले परिषद्को नवौ पदेन संरक्षकको रूपमा राजदूत घिमिरेलाई स्वागत सम्मान अभिनन्दन-पत्र पढेर  अभिनन्दन गरेका थिए ।  

समारोहमा भर्खरै दिबंगत भएका परिषदका संस्थापनाकाल देखिका आजीवन सदस्य तथा कार्यसमितिका  सदस्य समाजसेवी हरि केसीको संझनामा चीर शान्तिको कामना गर्दै एक मिनेट मौनघारणा गरिएको थियो ।  


सो अवसरमा परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का उपाध्यक्ष बसन्त रायक्षत्री तथा वरिष्ट कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानले सारङ्गी र मादलमा मङ्गल धुन प्रस्तुत गरे । 

अन्तमा सहअध्यक्ष रेशम अर्यालले उपस्थित अतिथि सबैमा धन्यबाद ज्ञापन अर्पण गरे ।  

यसैगरी कविहरू वसन्त रायक्षेत्री, वासु सापकोटा, घन बहादुर थापा, रेशम अर्याल, डा. सुधा श्रेष्ठ, अनुप अधिकारी, हरिसिंह थापा, मनोज अन्जान, बिरेन्द्र कुवॅर र कोमल मल्लले कविता वाचन गरेका थिए ।

अन्तमा जलपान सहयोगका लागि आभार प्रकट गर्दै  अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ओबीइ, डा. जनककुमारी धिताल, वरिष्ट सहअध्यक्ष ध्रुव केसी, डा. सुधा श्रेष्ठ, रेशम अर्याल तथा विशेष  सहयोगका लागि सल्लाहकार एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, सल्लाहकार मदन थापा, उपाध्यक्ष बसन्तराय क्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान, ज्ञानेन्द्र राउत, पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्ल, सीतु खरेल आदिलाई धन्यवाद दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register