कारागारबाट छुटे निलम्बित न्यायाधीश गिरी

काठमाडौँ। निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उच्च अदालत, पाटनले सफाइ दिएपछि गिरी आज (सोमबार) बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । वैवाहिक बलात्कार मुद्दामा हिजो (आइतबार) न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो । जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए […]

Apr 14, 2025 - 09:21
 0
कारागारबाट छुटे निलम्बित न्यायाधीश गिरी

काठमाडौँ।

निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उच्च अदालत, पाटनले सफाइ दिएपछि गिरी आज (सोमबार) बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

वैवाहिक बलात्कार मुद्दामा हिजो (आइतबार) न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो । जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए तर, त्यसपछि सर्वोच्च अदालतले गत २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने फैसला सुनाएको थियो ।

उक्त मुद्दामा जिल्ला अदालत, काठमाडौंले गत २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो। जिल्लाले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो। जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए ।

तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो । उच्चकी सूचना अधिकारी पार्वती हितानका अनुसार पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्ट्याउँदै उच्चले सफाइ दिएको हो । सम्बन्ध विच्छेदपछि पनि पूर्व श्रीमतीलाई सहमति बिना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register