आईपीएलको प्लेअफ दौडबाट बाहिरियो धोनीको चेन्नई
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को १८ औँ सिजनमा प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ, चेन्नई सुपर किंग्स (सीएसके) । बुधबार राति घरेलु मैदानमै चेन्नई पञ्जाव किंग्ससँग ४ विकेटले पराजित भएसँगै उसको प्लेअफमा पुग्ने सपना तुहिएको हो । चेन्नई आईपीएलको सबैभन्दा सफल टिममध्ये एक थियो । चेन्नईले यसअघि पाँचपटक उपाधि उचालेको छ […]

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को १८ औँ सिजनमा प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ, चेन्नई सुपर किंग्स (सीएसके) । बुधबार राति घरेलु मैदानमै चेन्नई पञ्जाव किंग्ससँग ४ विकेटले पराजित भएसँगै उसको प्लेअफमा पुग्ने सपना तुहिएको हो ।
चेन्नई आईपीएलको सबैभन्दा सफल टिममध्ये एक थियो । चेन्नईले यसअघि पाँचपटक उपाधि उचालेको छ । तर, योपटक भने उसले १० खेलमध्ये ८ खेलमा हार व्यहोरेको छ । अब उसले ४ खेल खेल्न बाँकी छ । ती सबै खेल जिते पनि चेन्नई अब १२ अंकभन्दा माथि जान सक्दैन । जबकि अहिले नै पाँचवटा टिमको अंक १२ वा त्यसभन्दा माथि छ ।
बुधबार चेन्नईमा पहिला ब्याटिङ गरेको चेन्नईले अलआउट हुँदा १९० रन बनाएको थियो । जसमा साम कुरनले सर्वाधिक ८८ रन बनाएर टिमलाई बलियो स्थानमा लगेका थिए । तर, पञ्जावका स्पिनर युजवेन्द्र चहलले १९ औँ ओभरमा ह्याट्रिकसहित चार विकेट लिएपछि चेन्नई राम्रो फिसिङ गर्नबाट चुकेको थियो ।
चुनौतीपूर्ण लक्ष्य पाएको पञ्जावले कप्तान श्रेयस अय्यरको ४१ बलमा ७२ रनको पारीले जितसम्म पुग्यो । र पछिल्ला खेलहरूमा पराजित हुँदा प्लेअफ दौड कठिन भइरहेका बेला उसले महत्वपूर्ण दुई अंक जोड्यो । पञ्जाव यो जितपछि १० खेलमा ६ जित र ३ हारपछि १३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पञ्जावको एक खेल वर्षाका कारण हुन नसकेपछि अंक बाँडिएको थियो ।
What's Your Reaction?






