प्रभु साहको चेतावनी : समयमै गर्भनर नियुक्ति नभए अर्थतन्त्रलाई ठूलो असर पर्छ

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएका हुन् । ‘किन अहिलेसम्म दुई महिनाअगाडि गर्भनर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन । […]

May 9, 2025 - 09:55
 0
प्रभु साहको चेतावनी : समयमै गर्भनर नियुक्ति नभए अर्थतन्त्रलाई ठूलो असर पर्छ

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने चेतावनी दिएका छन् ।

शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएका हुन् ।

‘किन अहिलेसम्म दुई महिनाअगाडि गर्भनर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन । पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेको छ । यस्तो मनपरिले देश अर्थतन्त्रलाई ठूलो असर पारिरहेको कुरा म ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भने ।

साथै, सांसद साहले जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने योभन्दा बिडम्बना के हुन्छ ? भन्दै प्रश्न गरे । उनले तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिति रहेको बताए ।

‘बैंकरहरूको मनमानीका कारण आज बैंकहरू अस्तव्यस्त भएका छन् । एकातिर आम जनताले कर्जा पाइराखेको छैन भने अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ । तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिति छ,’ उनले प्रश्न गरे, ‘जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने योभन्दा बिडम्बना के हुन्छ ?’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register