अफताव आलमलाई सफाइ दिन उच्च अदालतले लिएका दुई आधार

काठमाडौं । व्यक्तिलाई इँटाभट्टामा जिउँदै हाली पोलेर हत्या गरेको आरोपमा दोषी ठहर गर्ने जिल्ला अदालत रौतहटको आदेश उल्ट्याउँदै उच्च अदालत जनकपुरधाम वीरगञ्ज अस्थायी इजलासले कांग्रेस नेता पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई निर्दोष भएको फैसला गरेको छ । पहिलो संविधानसभा चुनावको अघिल्लो दिन २०६४ चैत २७ गते अफतावका काका शेख इद्रिसको घरमा बम विस्फोट भएको र त्यसमा […]

May 28, 2025 - 14:01
 0
अफताव आलमलाई सफाइ दिन उच्च अदालतले लिएका दुई आधार

काठमाडौं । व्यक्तिलाई इँटाभट्टामा जिउँदै हाली पोलेर हत्या गरेको आरोपमा दोषी ठहर गर्ने जिल्ला अदालत रौतहटको आदेश उल्ट्याउँदै उच्च अदालत जनकपुरधाम वीरगञ्ज अस्थायी इजलासले कांग्रेस नेता पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई निर्दोष भएको फैसला गरेको छ ।

पहिलो संविधानसभा चुनावको अघिल्लो दिन २०६४ चैत २७ गते अफतावका काका शेख इद्रिसको घरमा बम विस्फोट भएको र त्यसमा घाइते भएका दुई जनालाई रौतहटको राजापुरस्थित इँटाभट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि थियो । सो आरोपमा दोषी ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । तर, उच्च अदालतका न्यायाधीशद्वय डा खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आरोप पुष्टि हुने वस्तुनिष्ट प्रमाण नभएको भन्दै अफतावलाई दोषमुक्त गरेको छ ।

उच्चले उनलाई दोषमुक्त गर्न दुई आधार लिएको फैसलाको संक्षिप्त पाठमा देखिन्छ ।

संकलित सबुत प्रमाणबाट मोहम्मद अफताव आलामको घरमा बम विस्फोटको घटना भएको पुष्टि हुन नसकेको उच्च अदालतको ठहर छ । अदालतले २०६४ चैत २७ गते बम विस्फोटको घटना भएको पुष्टि हुन नसकेको बताएको छ ।

यस्तै उच्चले लिएको अर्को आधार घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओसी अफतावलाई ट्याक्टरमा हाली इँटाभट्टामा लगि पोलिएको ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको जनाएको छ । साथै विधि विज्ञान परीक्षण प्रतिवेदनबाट समेत उनीहरूलाई इँटाभट्टामा पोलिएको भन्ने दावी पुष्टि हुन उच्चले उल्लेख गरेको छ ।

उच्चको यो फैसलाको पूर्णपाठ आउन केही समय लाग्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register