सन्दीप र दीपेन्द्रले क्यानडाको ग्लोबल टी-२० खेल्ने

Jun 14, 2023 - 02:00
 0
सन्दीप र दीपेन्द्रले क्यानडाको ग्लोबल टी-२० खेल्ने
सन्दीप र दीपेन्द्रले क्यानडाको ग्लोबल टी-२० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी-२० खेल्ने भएका छन् ।

मंगलबार भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुर्रे जागुराज र दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले अनुबन्ध गरेसँगै उनीहरु खेल्ने पक्का भएको हो ।

सन्दीपले यसअघि पनि क्यानेडियन लिग खेलेका थिए । दीपेन्द्र भने पहिलो पटक आवद्ध भएका हुन् ।

ग्लोबल टी-२० प्रतियोगिता जुलाई २० देखि ६ अगस्टसम्म हुनेछ ।

प्रतियोगितामा सुर्रे, मोन्ट्रेलसहित ब्राम्प्टन वुल्भ्स, भानकोउभर नाइट्स, टोरोन्टो नेस्नल्स, विनिपेग हावक्स गरी ६ टिमको सहभागिता रहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1