टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

रौतहट।  पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर निजगढ सडक खण्डमा टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ ।  निजगढ बाट चन्द्रनिगाहपुर आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र चन्द्रनिगाहपुर बाट निजगढ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल चन्द्रपुर नगरपालिका–४  लच्कामा जुध्दा मोटरसाईकलमा  सबार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ निवासी […]

Aug 26, 2024 - 10:45
 0
टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

रौतहट। 

पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर निजगढ सडक खण्डमा टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ । 

निजगढ बाट चन्द्रनिगाहपुर आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र चन्द्रनिगाहपुर बाट निजगढ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल चन्द्रपुर नगरपालिका–४  लच्कामा जुध्दा मोटरसाईकलमा  सबार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ निवासी ३३ वर्षीय  तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–११ निवासी विवश सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

 प्रहरी नायब उपरीक्षक राजकुमार राईले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register