उफ ! नेशनल अस्पतालको लथालिङ्ग फोहोर… (फोटो-कथा)

काठमाडौँ । कलङ्कीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहोर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहोरको व्यवस्थापनमा चरम लापरवाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिएकी छिन् । अनुगमनका क्रममा अस्पतालमा फोहोर खुला रुपमा छरिएको, पिपिइ (व्यक्तिगत सुरक्षा पोशाक), हातमा […]

Aug 26, 2024 - 12:35
 0
उफ ! नेशनल अस्पतालको लथालिङ्ग फोहोर… (फोटो-कथा)

काठमाडौँ । कलङ्कीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहोर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहोरको व्यवस्थापनमा चरम लापरवाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिएकी छिन् ।

अनुगमनका क्रममा अस्पतालमा फोहोर खुला रुपमा छरिएको, पिपिइ (व्यक्तिगत सुरक्षा पोशाक), हातमा पञ्जा, खुट्टामा बुट, टाउको छोप्ने टोपी पनि प्रयोग नगरिएकोसमेत पाइएको छ । 

‘वार्डहरुबाट उत्पादन भएको फोहोर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा चारवटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्जबोतलहरू छरपस्ट थिए ।’, महर्जनले भनिन्, ‘दोस्रो कोठाको कुनामा कालो प्लाष्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो । तेस्रो कोठामा धेरै फोहोरका पोका थिए ।’

त्यस्तै, अटोक्लेभ मेसिन गएको वर्षको अनुगमन हुँदा अस्पतालले बिग्रिएको जानकारी दिएको थियो । त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाइएको थियो । २०८० फागुनमा जोखिमपूर्ण फोहोर निर्मूलीकरण गरेर व्यवस्थापन गर्ने प्रतिवद्धता थियो । चैत १० गते गरिएको अनुगमनमा सुधार नदेखिएपछि र अस्पतालले पुनः प्रतिवद्धता जनाएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो । 

चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहोर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन सम्बन्धी एक दिने तालिम प्रदान गरिएको भए पनि सुधार नभएको बताइन्छ । तर, सोमबारको अनुगमनमा गतवर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहोरको पोकोले पुरिएको, अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले, हस्पिटलले सङ्क्रमित फोहोर व्यवस्थापनमा चरम लापरवाही गरेको पाइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register