कपिलवस्तुमा बस दुर्घटना, १९ जना घाइते

काठमाडौं । कपिलवस्तुमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसबासामा दुर्घटना हुँदा १९ जना घाइते भएका हुन् । बस दिउँसो२:३० बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ । घाइते केही सामान्य उपचारपश्चात् डिस्चार्ज भइसकेको छन् भने […]

Aug 26, 2024 - 13:31
 0
कपिलवस्तुमा बस दुर्घटना, १९ जना घाइते

काठमाडौं । कपिलवस्तुमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसबासामा दुर्घटना हुँदा १९ जना घाइते भएका हुन् ।

बस दिउँसो२:३० बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

घाइते केही सामान्य उपचारपश्चात् डिस्चार्ज भइसकेको छन् भने बाँकी ९ जनालाई मेडिकल कलेज रिफर गरिएको छ ।

अन्य केहीको स्थानीय अस्पतालहरूमा उपचार जारी छ । अवस्था भने सबैको सामान्य रहेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register