थाइल्यान्डमा राप्रपा प्रवासी नेपाली एकता समाज गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले थाइल्यान्डमा सङ्गठन विस्तार गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन बैंकक पुगेर आइतबार पार्टीनिकट शुभेच्छुक सङ्गठन स्थापना गरेका हुन् । भूषण श्रेष्ठको संयोजकत्वमा थाइल्यान्डमा राप्रपानिकट प्रवासी नेपाली एकता समाज गठन भएको हो । नेपालमा प्रतिपक्षमा बसेर राप्रपाले देश हितमा चालेको कदमबाट प्रभावित भएर सङ्गठित भएको युवाहरूले बताएका छन् […]

Aug 26, 2024 - 13:59
 0
थाइल्यान्डमा राप्रपा प्रवासी नेपाली एकता समाज गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले थाइल्यान्डमा सङ्गठन विस्तार गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन बैंकक पुगेर आइतबार पार्टीनिकट शुभेच्छुक सङ्गठन स्थापना गरेका हुन् ।

भूषण श्रेष्ठको संयोजकत्वमा थाइल्यान्डमा राप्रपानिकट प्रवासी नेपाली एकता समाज गठन भएको हो । नेपालमा प्रतिपक्षमा बसेर राप्रपाले देश हितमा चालेको कदमबाट प्रभावित भएर सङ्गठित भएको युवाहरूले बताएका छन् ।

समाजको पदाधिकारीहरूमा राजु बलामी वरिष्ठ उपाध्यक्ष, महेन्द्र श्रेष्ठ उपाध्यक्ष, दिनेश बुढाथोकी महासचिव र राकेश चौधरी थारु सह सचिव चुनिएका छन् । कोषाध्यक्षमा चूडामणि भण्डारी र सह कोषाध्यक्षमा लोकेन्द्र थुङ्लुङ राई चयन भएका छन् । महिला संयोजकको जिम्मेवारी मलिका जोशीले सम्हाल्ने छिन् भने युवा संयोजक कमल गुरुङ चयन भएका छन् ।

अन्य पदाधिकारीहरूमा माइला आचार्य मुख्य सलाहकार, विचाई कालिकोटे सलाहकार, डऱ्याङ लिम्बु धार्मिक तथा संस्कृति विभाग प्रमुख, मोहन गौतम प्रचार प्रसार प्रमुख, केशव अधिकारी सहयोग विभाग प्रमुख छन् ।

सदस्यहरूमा विष्णु गैरे सदस्य, राजेश खनाल सदस्य, रोशन प्रसाईँ सदस्य, गोपाल राना सदस्य, विनोद सापकोटा सदस्य, राजु घिमिरे सदस्य, सागर बुढाथोकी सदस्य, रोहन कुमार कर्निकार सदस्य, टिकाराम घिमिरे सदस्य छन् ।

प्रवासी नेपाली एकता समाजले थाइल्यान्डमा रहेका प्रवासी नेपालीहरूको हित र राप्रपाको विचारधाराको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

समारोहमा प्रमुख अतिथिको रूपमा राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो सम्बोधनमा प्रवासी नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाए । राप्रपाको मार्गदर्शनमा समाजलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

लिङ्देनले सङ्गठनको गठनले प्रवासी नेपालीहरूको हक अधिकारको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सङ्गठनलाई आगामी दिनमा पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए ।

संयोजक भूषण श्रेष्ठले थाइल्यान्डमा रहेका नेपालीहरूलाई सङ्गठनको गतिविधिमा सहभागी हुन आह्वान गर्दै सङ्गठनले आगामी दिनमा विभिन्न कार्यक्रमहरू मार्फत राप्रपाको सिद्धान्तलाई प्रवर्द्धन गर्ने योजना बनाएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register