रवि सहितलाई दोषी देखाइएको सहकारी छानबिन समितिको प्रतिवेदन सदनमा पेश

काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सहितलाई दोषी ठहर गरिएको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ । समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभाको जारी बैठकमा प्रतिवेदन पेश गरेका हुन् । थापाले समितिले ४५१ जनासँग छलफल गरेको जानकारी गराए । १४ वटा बैठकमा आरोपित ४७ जना र गोर्खा […]

Sep 16, 2024 - 10:24
 0
रवि सहितलाई दोषी देखाइएको सहकारी छानबिन समितिको प्रतिवेदन सदनमा पेश

काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सहितलाई दोषी ठहर गरिएको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ ।

समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभाको जारी बैठकमा प्रतिवेदन पेश गरेका हुन् ।

थापाले समितिले ४५१ जनासँग छलफल गरेको जानकारी गराए । १४ वटा बैठकमा आरोपित ४७ जना र गोर्खा मिडियाका ५५ जनासँग छलफल गरेको उनले सुनाए ।

समितिले ४० वटा सहकारी संस्थाको सहकारी अपचलनको विश्लेषणात्मक अध्ययन गरेको छ ।

छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ ।

कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको दाबी गरिएको छ ।
लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको प्रमाण खोज्दै आएका छन् । छानबिन समितिले उनको दोष पुष्टि हुने दर्जनौँ प्रमाण जुटाएको छ ।

बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीबी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेकोलगायतका प्रमाण प्रतिवेदनमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register