रक्षामन्त्रीले महाकुलुङ क्षेत्रलाई निकुञ्जको रूपमा घोषणा गर्न समन्वय गर्ने

काठमाडौं । रक्षामन्त्री मानवीर राईले सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्रलाई राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गर्नका लागि समन्वय गर्ने बताएका छन् । जिल्लाको महाकुलुङ गाउँपालिकाले सोमबार काठमाडौंमा आयोजना गरेको ‘२ दिने प्रशासनिक घुम्ती शिविर’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले यस्तो बताएका हुन् । “खासगरी यो माग त्यहाँकै स्थानीयबाट पनि भइरहेको हो । त्यसैले यसमा मैले पनि […]

Aug 26, 2024 - 15:47
 0
रक्षामन्त्रीले महाकुलुङ क्षेत्रलाई निकुञ्जको रूपमा घोषणा गर्न समन्वय गर्ने

काठमाडौं । रक्षामन्त्री मानवीर राईले सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्रलाई राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गर्नका लागि समन्वय गर्ने बताएका छन् ।

जिल्लाको महाकुलुङ गाउँपालिकाले सोमबार काठमाडौंमा आयोजना गरेको ‘२ दिने प्रशासनिक घुम्ती शिविर’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले यस्तो बताएका हुन् ।

“खासगरी यो माग त्यहाँकै स्थानीयबाट पनि भइरहेको हो । त्यसैले यसमा मैले पनि सम्बन्धित मन्त्रालय र मन्त्रीसँग समन्वय गर्छु,” रक्षामन्त्री राईले भने ।

केही वर्षयता सगरमाथा र मकालु वरुण राष्ट्रिय निकुञ्जबीच भागलाई समेटेर ‘मेरापीक राष्ट्रिय निकुञ्ज’ घोषणा गर्ने तयारी भइरहेको हो । मेरापीक राष्ट्रिय निकुञ्ज स्थापनाका लागि बनेको अध्ययन कार्यदलले प्रतिवेदन तयार पारिसकेको छ ।

जिल्लाको महाकुलुङ, सोताङ, माप्य दुधकोशी गाउँपालिकाका क्षेत्र ओगट्ने भएकाले ती स्थानीय सरकारका प्रमुखहरूले स्थानीय बासिन्दाको मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने बताएउँदै आएका छन् ।

तर, निकुञ्ज घोषणा हुन भने सकेको छैन । यसमा रक्षामन्त्री राईले थप समन्वय गर्ने वचनबद्धता गरेका हुन् ।

यसैबीच ‘२ दिने प्रशासनिक घुम्ती शिविर’को उद्घाटन समारोहमै पुगेका कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले ‘कर्ज्याङ’ले भने निकुञ्ज घोषणाको मागलाई स्थगन गरेर गाउँपालिकाअन्तर्गत नै विकासको योजना बनाउनुपर्ने आवश्यकता औँल्याए ।

महाकुलुङलगायत आसपासका क्षेत्रलाई समेटेर निकुञ्जको रूपमा विकास गर्ने माग उठिरहँदा यसले भविष्यमा समस्या ल्याउनसक्ने प्रक्षेपण गर्दै उनले भने, “जनताको चाहना नै सर्वोपरी भए पनि जैविक विविधता र प्राकृतिक श्रोत-साधनको संरक्षण पनि मुख्य हो । यसले भविष्यमा सहजता दिन्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register