पोखरामा रवि भित्र ब्यांक्वेटमा, बाहिर पीडित भन्दैछन्- सहकारी चोरलाई बाहिर निकाल ! (भिडिओ)

‘सहकारी चोरलाई बाहिर निकाल’ भन्दै नाराबाजी गरिरहेका छन् । आफूहरूको दमनमा प्रहरी ठुलो संख्यामा ल्याइएको भन्दै  प्रदर्शनकारी आक्रोशित छन् ।

Sep 10, 2024 - 10:35
 0
पोखरामा रवि भित्र ब्यांक्वेटमा, बाहिर पीडित भन्दैछन्- सहकारी चोरलाई बाहिर निकाल ! (भिडिओ)

पोखरा । पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पार्टीको बैठकमा भित्र रहिरहँदा बाहिर सहकारी पीडित कालो प्रदर्शन गरिरहेका छन् ।

रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।

‘सहकारी चोरलाई बाहिर निकाल’ भन्दै नाराबाजी गरिरहेका छन् । आफूहरूको दमनमा प्रहरी ठुलो संख्यामा ल्याइएको भन्दै  प्रदर्शनकारी आक्रोशित छन् ।

लामिछाने सहभागी भएका कार्यक्रमस्थलबाहिर सहकारी पीडितहरूले प्रदर्शन र नाराबाजी चर्किरहेको छ । लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका हुन् ।

पीडितहरूले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् । लामिछाने गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा मुछिएका छन् । उनीमाथि छानबिन भइरहेको छ ।

भिडिओ

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा प्रहरीले रवि लामिछानेसँग केही दिनअघि बयान लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मा सहितको टोलीले काठमाडौं आएर रवि लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको थियो ।

सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरूको संलग्नता अस्वीकार गरेका छन् ।

३१ असार २०७८ मा पुलेसो कर्जा मार्फत लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फर्स्योट भएको पनि भेटिएको थियो । यसबारे प्रहरीले लामिछानेसँग सोधपुछ गरेको हो ।

रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्कको क्रिएटिभ डाइरेक्टर थिए । उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register