यी पाँच कारणले घट्यो सेयर बजार, सरकार परिवर्तन हल्ला मात्र, अब के हुन्छ ? (भिडियो ब्रिफिङ) 

काठमाडौँ । हुन त बजार घट्नु र बढ्नु बजारको विशेषता नै हो । तर, निरन्तर बढिरहेको बजारमा ठुलो अङ्कको करेक्सन आउँदा लगानीकर्ता आत्तिनु स्वाभाविक पनि हो । अझ सेयर किनेकै दिनभन्दा अर्को कारोबार दिनमा सेयर घटेपछि त लगानीकर्तालाई छटपटी नै हुन्छ । साताको कारोबारको पहिलो दिन पनि धेरै लगानीकर्तालाई यस्तै भएको हुनुपर्छ । निरन्तर उकालो […]

Aug 27, 2024 - 02:43
 0
यी पाँच कारणले घट्यो सेयर बजार, सरकार परिवर्तन हल्ला मात्र, अब के हुन्छ ? (भिडियो ब्रिफिङ) 

काठमाडौँ । हुन त बजार घट्नु र बढ्नु बजारको विशेषता नै हो । तर, निरन्तर बढिरहेको बजारमा ठुलो अङ्कको करेक्सन आउँदा लगानीकर्ता आत्तिनु स्वाभाविक पनि हो । अझ सेयर किनेकै दिनभन्दा अर्को कारोबार दिनमा सेयर घटेपछि त लगानीकर्तालाई छटपटी नै हुन्छ । साताको कारोबारको पहिलो दिन पनि धेरै लगानीकर्तालाई यस्तै भएको हुनुपर्छ । निरन्तर उकालो गतिमा लागिरहेको बजार ७९.८८ अङ्कले घट्दा लगानीकर्ताले बजार घटोत्तरीको खास कारण खोजिरहेका छन् । र आजको स्ट्रेट फरवार्डमा हामी बजार घटोत्तरीका तीनै कारण खोतल्दैछौँ ।      

बजार घट्नुको कारण नम्बर १
आइतबार बजार घट्नुको पहिलो कारण लगानीकर्तालाई भएको नाफा बुक नै हो । लामो समय बढेको बजारले लगानीकर्तालाई गज्जबको नाफा दिएको छ । बटममा किन्ने लगानीकर्ताको सम्पत्ति केही बढेन भन्दा पनि डेढ गुणा त आनन्दसँग बढेको छ । बीचमै किनेका लगानीकर्ताहरुको सम्पत्ति पनि मिठोसँग बढेको छ । तर बजार बढेर मात्र त भएन, बढेको बजारमा सेयर अफलोड गर्न सके न नाफा हुने हो । यही तथ्य बुझेका लगानीकर्ता र ट्रेडर दुवैले बजारमा सेयर फाले, क्यास बटुले, जुन साह्रै स्वाभाविक चक्र हो । १९०० तिर छिरेकाहरुको त कुरै नगरौँ, बजारमा २३००-२४०० मा छिरेकाहरुले पनि मनग्य पैसा कमाएका छन् । जसका कारण लगानीकर्ताले सेयर बेचे, जसको सिधा प्रभाव बजारमा पर्यो । यही कारण पनि बजार घटेको देखिन्छ ।

कारण नम्बर २ 
बजारमा यस्ता लगानीकर्ता पनि छन्, जो अघिल्लो बुलमा नमज्जासँग फसेका छन् । सावाँ मात्र आओस् न, यो बजारमा मेरा सात पुस्ता छिर्दैनन् भन्ने लगानीकर्ता पनि थिए र छन् । भलै अबको बुल बजारमा उनीहरु बजारबाट पूर्ण रुपमा ’एक्जिट’ हुन सक्दैनन्, र पनि सावाँ आइहाल्यो, बरु फेरी फ्रेश सुरु गर्छु भन्ने लगानीकर्ताले आफ्नो सावाँ जोगाउन सेयर बेचे । जसका कारण पनि ठुलो सेल प्रेसर बजारमा पर्यो र बजार घटेको देखियो ।

कारण नम्बर ३ 
सामान्यतया बजारले अघिल्लो पिक तोड्ने बेलामा एउटा करेक्सनको सामना गर्छ । यसका पर्दापछाडिका विभिन्न प्राविधिक पक्ष छन् । र यसपालिको बजार घटोत्तरीलाई पनि त्यसकै नमुनाको रुपमा हेर्न सकिन्छ । यसलाई कतिपय जानकारहरुले बजारमा जग बन्ने काम भइरहेको बताउने गरेका छन् । पुराना लगानीकर्ता अम्बिका पौडेलले पनि बजारले जग बनाईरहेको प्रतिक्रिया सामाजिक संजालमा दिएका छन् । अघिल्ला बुलहरु हेर्ने हो भने पनि बजारले पिक लगाउनुअघि एक पटक घटोत्तरीको सामना गर्ने गरेको देखिएको छ । आइतबारको बजार पनि त्यसकै एउटा रुप हो भन्दा फरक पर्दैन ।

कारण नम्बर ४
बजारमा सरकार परिवर्तनको अस्वाभाविक हल्लाले पनि केही हदसम्म प्रभाव पारेको देखिन्छ । आरजु राणाको भारत भ्रमणपछि सरकार परिवर्तनका केही हल्लाहरु बजारमा चलेका छन् । यधपि सत्ता पक्ष र प्रतिपक्ष दुवैका नेताहरुले सरकार परिवर्तनको हल्लामा कुनै पनि सत्यता नरहेको प्रष्ट पारेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै सांसद हरि ढकालले पनि सरकार परिवर्तनको हल्लामा कुनै पनि सत्यता नरहेको प्रष्ट पारेका छन् । 

यता एमाले र काँग्रेस दुवै दलका नेताले पनि ततकाल सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको प्रष्ट पारेका छन् । आरजु राणा भारतमा ठुलै सम्मान खाएर फर्कनु, यता प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै महिला प्रधानमन्त्री देशले छिट्टै पाउने आशय प्रकट गर्नु र यता माओवादीका नेताहरु पनि आरजुलाई प्रधानमन्त्री प्रस्ताव गरेर काँग्रेस माओवादीको गठबन्धन बनाउन सकिन्छ कि भनेर लाग्नु एकैपटक देखिंदा कतै आजभोलि नै पो सरकार ढलिहाल्ने पो हो कि भन्ने पीरमा लगानीकर्ता परेको देखिन्छ । अहिले सरकार ढल्यो भने बजार नमज्जासँग घट्ने आंकलन गरेका लगानीकर्ताले यही बेला भएको नाफा बुक गरिहालौँ भन्ने मनोविज्ञान राखेको र लगानीकर्ताको सोहि मनोविज्ञानले काम गरेको प्रष्ट देखिन्छ । यद्यपी, बजारमा चलेको हल्लाजस्तो आजै, भोलि नै वा छिट्टै सरकार परिवर्तन हुन लागेको हल्ला मात्र हल्ला हो भन्छन् राजनीतिज्ञहरु ।

कारण नम्बर ५ 
आजको बजार घटोत्तरीको धेरथोर अपजश माओवादी नेतृ नारायणी शर्मालाई पनि जान्छ । उनले अघिल्लो संसदमा सेयर बजारबारे नकारात्मक टिप्पणी दिएकी थिइन् । उनको सो अभिव्यक्तिपछि उनको चर्चा र विरोध दुवै भइरहेको छ । सेयर बजारले खासै नरुचाएका पात्र जनार्दन शर्माकि बहिनी रहेकी नारायणी शर्माको अभिव्यक्तिलाई त कसैले माओवादीका ठुलै नेताले भन्न लगाएको र टेष्टमा नारायणी शर्मा परेको चर्चाको बिषय पनि बनाएका छन् । यसले पनि कतै न कतै बजारका लगानीकर्ताको मनोविज्ञानमा ’हिट’ गरेको देखिन्छ । यसअघि पनि डा. अमरेश कुमार सिंहले बजारका बारेमा नकारात्मक बोल्दा त्यसको पछिल्लो कारोबार दिनमा बजार १५० अंकले घटेको थियो । जव जव संसदमा सेयर बजारका बारेमा नकारात्मक चर्चा चल्छ, त्यसले सिधा असर बजारमा गर्छ नै । आइतबार पनि बजार नारायणी शर्माको अभिव्यक्तिले धेरथोर प्रभावित भएको प्रष्ट देखिन्छ ।

अव बुझौँ, के यो करेक्सन एउटा सामान्य करेक्सन हो ? वा थप करेक्सनको सुरुवाती विन्दु हो । यसका दुई आयाम छन् । यदी राजनीतिक वृतमा हुन लागेको भनिएको सम्भावित परिवर्तनको हल्लामा सत्यता छ भने यो गम्भीर विषय हुन सक्छ । अन्यथा यो बजारको सामान्य करेक्सन हो । बजारले अल टाइम हाई तोड्ने बेलामा यस्ता करेक्सनहरु आउने गर्छन् नै । थोरै बजार घट्ने र केही साइडवेज खेल्ने भएपछि बजारले गर्ने शक्ति संचितिपश्चात बजारले अल टाइम हाइ ब्रेक गरेका अघिल्ला उदाहरण हेर्ने हो भने बजार माथि नै जाने जानाकरहरुको दाबी छ । बजारमा अझै पनि ठुलो संख्यामा बायर्सहरु देखिनुले पनि बजार माथि नै जाने देखिने जानकारहरुको दाबी छ । तर, फेरी पनि बजार हो । भनिन्छ नि, एभ्रीथिङ मे बी रङ इन मार्केट, बट मार्केट इज अल्वेज राइट । यस्तै, बजार हो, यस्तो नै हुन्छ भने भन्न सकिन्न । यद्यपी आत्तिईहाल्नुपर्ने अवस्था भने अहिले नरहन सक्छ ।

भलै यो खरिद बिक्रीको सल्लाह होइन । किनकि बजार तपाईं हामी सबैको हो, तर पोर्टफोलियो तपाईंको, सेयर तपाईंको, कारोबार तपाईंको । घाटा भए घाटा पनि तपाईंको, नाफा भए नाफा पनि तपाईंको । कुरा सबैको सुने पनि निर्णय आफ्नै अध्ययन पछि गर्दा सबैको भलो हुन्छ । (भिडियो)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register