रास्वपाबाट निस्कासित भएपछि मुकुलको प्रतिक्रिया – पार्टीबाट निकाल्ने अधिकार रवि क्लबलाई छैन

काठमाडौं । डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेपछि ढकालको यस्तो प्रतिक्रिया आएको हो । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाउने निर्णय गरेको छ । ढकालको प्रतिक्रिया- रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट […]

Aug 27, 2024 - 07:23
 0
रास्वपाबाट निस्कासित भएपछि मुकुलको प्रतिक्रिया – पार्टीबाट निकाल्ने अधिकार रवि क्लबलाई छैन

काठमाडौं । डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेपछि ढकालको यस्तो प्रतिक्रिया आएको हो ।

मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाउने निर्णय गरेको छ ।

ढकालको प्रतिक्रिया-

रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछी , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।

र अर्को कुरा , सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट समेत गर्यो निस्कासन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register