रास्वपाबाट निष्कासित भएपछि मुकुलको प्रतिक्रिया – पार्टीबाट निकाल्ने अधिकार रवि क्लबलाई छैन

काठमाडौं । डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि ढकालको यस्तो प्रतिक्रिया आएको हो । ढकालको प्रतिक्रिया- रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछी , नैतिकताको […]

Aug 27, 2024 - 07:19
 0
रास्वपाबाट निष्कासित भएपछि मुकुलको प्रतिक्रिया – पार्टीबाट निकाल्ने अधिकार रवि क्लबलाई छैन

काठमाडौं । डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि ढकालको यस्तो प्रतिक्रिया आएको हो ।

ढकालको प्रतिक्रिया-

रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछी , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।

र अर्को कुरा , सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register