किसान आन्दोलनबारे रनौतको भनाइ विवादमा, अबदेखि नबोल्न बीजेपीको निर्देशन

काठमाडौं । किसान आन्दोलनका क्रममा बलात्कार–हत्या भएको कंगना रनौतको भनाइ विवादमा परेको छ । भारतीय जनता पार्टीले उनलाई अब यस विषयमा नबोल्न निर्देशन दिएको छ । हिमाचल प्रदेशको मण्डी सिटबाट भाजपा सांसद कंगना रनौतले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा किसान आन्दोलनको बारेमा बयान दिएकी थिइन् र यसलाई बंगलादेशको घटनासँग जोडेकी थिइन् । कंगनाले भारतमा चीन र अमेरिकाजस्ता […]

Aug 27, 2024 - 08:11
 0
किसान आन्दोलनबारे रनौतको भनाइ विवादमा, अबदेखि नबोल्न बीजेपीको निर्देशन

काठमाडौं । किसान आन्दोलनका क्रममा बलात्कार–हत्या भएको कंगना रनौतको भनाइ विवादमा परेको छ । भारतीय जनता पार्टीले उनलाई अब यस विषयमा नबोल्न निर्देशन दिएको छ ।

हिमाचल प्रदेशको मण्डी सिटबाट भाजपा सांसद कंगना रनौतले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा किसान आन्दोलनको बारेमा बयान दिएकी थिइन् र यसलाई बंगलादेशको घटनासँग जोडेकी थिइन् ।

कंगनाले भारतमा चीन र अमेरिकाजस्ता विदेशी शक्ति काम गर्ने दाबी पनि गरेकी थिइन् ।

बीजेपीले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो बयान नगर्न भनेको छ। ‘पार्टी कंगनाको भनाइसँग असहमत छ । उहाँलाई पार्टीको नीतिगत विषयमा बोल्न दिइँदैन । उहाँलाई पार्टीको तर्फबाट बयान दिने अधिकार छैन।’ बीजेपीले भनेको छ ।

बीजेपीको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा रनौतले किसान आन्दोलनमा दिएको बयान पार्टीको विचार नभएको उल्लेख गरिएको छ ।

के थियो कंगनाको बयान ?

उनी आफ्नो बयानका कारण पटक पटक विवादमा आउँछिन् ।

कंगना रनौतले भर्खरै एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा भनिन्, ‘हाम्रो शीर्ष नेतृत्व बलियो नभएको भए बंगलादेशमा जे भयो, यहाँ (भारतमा) हुन धेरै समय लाग्ने थिएन।’

कंगनाले बंगलादेशमा भर्खरै भएको आन्दोलन र सत्ता परिवर्तनलाई भारतको किसान आन्दोलनसँग जोड्दै भनिन्, ‘यहाँ किसान आन्दोलनहरू थिए, त्यहाँ शव झुण्डिएका थिए, त्यहाँ बलात्कार भइरहेका थिए ।’

‘कृषकहरूको लामो योजना थियो, बंगलादेशमा जस्तो भयो । त्यस्ता षडयन्त्रहरू… किसानहरूलाई के लाग्छ…? चीन, अमेरिका… यस्ता विदेशी शक्तिहरू यहाँ काम गरिरहेका छन्।’

तीनवटा कृषि कानूनलाई लिएर किसान आन्दोलनका क्रममा रनौतका कयौं बयानलाई लिएर विवाद भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register