ठाकुरापुरमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर 

कपिलवस्तु । एनसेलले कपिलवस्तुको ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रदेश स्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत एनसेलले सो कार्यक्रम सञ्चालन गरेको हो । उक्त शिविरमा ३०० भन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए । नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु […]

Sep 11, 2024 - 14:27
 0
ठाकुरापुरमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर 

कपिलवस्तु । एनसेलले कपिलवस्तुको ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रदेश स्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत एनसेलले सो कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त शिविरमा ३०० भन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटु रोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए ।

बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरूले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरू पनि पाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register