‘अटो क्षेत्र र सेयर बजार सुधार्न थप नीतिगत सुधार गर्नुपर्छ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अटोमोबाइल र सेयर बजार क्षेत्रलाई सुदृढ बनाउन नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँको भृकुटीमण्डपमा १६औँ संस्करणको नाडा अटो शो २०२४ को उद्‌घाटन कार्यक्रमका बोल्दै अग्रवालले यस्तो बताएका हुन् ।  उनले पछिल्लो केही समययता अटो मोबाइल र सेयर बजार चलायमान भए पनि थप नीतिगत सुधार […]

Aug 27, 2024 - 08:27
 0
‘अटो क्षेत्र र सेयर बजार सुधार्न थप नीतिगत सुधार गर्नुपर्छ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अटोमोबाइल र सेयर बजार क्षेत्रलाई सुदृढ बनाउन नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँको भृकुटीमण्डपमा १६औँ संस्करणको नाडा अटो शो २०२४ को उद्‌घाटन कार्यक्रमका बोल्दै अग्रवालले यस्तो बताएका हुन् । 

उनले पछिल्लो केही समययता अटो मोबाइल र सेयर बजार चलायमान भए पनि थप नीतिगत सुधार आवश्यक भएको बताएका छन् । 

‘नयाँ सरकार गठन भएदेखि अटो र सेयर बजार क्षेत्र चलायमान देखिएका छन् ।’, उनले भने, ‘यसलाई गतिशील बनाइराख्न र थप चलायमान बनाउन नीतिगत सुधार आवश्यक छ ।’  

त्यस्तै, अग्रवालले दुई ठूला दल मिलेर बनेको सरकारबाट निजी क्षेत्र र समग्र देशले ठूलो आशा राखेको पनि उल्लेख गरेका छन् । अहिले मुलुकको अर्थतन्त्र जटिल अवस्थाबाट सुधारोन्मुख देखिए पनि अझै थुप्रै सुधार आवश्यक रहेको भन्दै उनले सरकारलाई देशको अर्थतन्त्र चलायमान बनाउन खास पहल गर्न पनि सुझाव दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register