थकान महसुस भइरहन्छ ? घरमै बनाएर पिउनुहोस् यी इनर्जी ड्रिंक्स

काठमाडौं । शरीरमा ऊर्जाको कमी धेरै कारणले हुन सक्छ । यी कारण शारीरिक र मानसिक दुवै प्रकारका हुन सक्छन् । शारीरिक कारणमा अस्वस्थ खानपान, निद्राको कमी, व्यायाम नगर्नु वा कुनै प्रकारको रोग हुन सक्छ । मानसिक कारणमा तनाव, चिन्ता र डिप्रेसन हुन्छ । यस्तो अवस्थामा थकान र कमजोरीको सबैभन्दा राम्रो उपचार भनेको आफ्नो खानपानमा सुधार […]

Aug 27, 2024 - 08:47
 0
थकान महसुस भइरहन्छ ? घरमै बनाएर पिउनुहोस् यी इनर्जी ड्रिंक्स

काठमाडौं । शरीरमा ऊर्जाको कमी धेरै कारणले हुन सक्छ । यी कारण शारीरिक र मानसिक दुवै प्रकारका हुन सक्छन् । शारीरिक कारणमा अस्वस्थ खानपान, निद्राको कमी, व्यायाम नगर्नु वा कुनै प्रकारको रोग हुन सक्छ ।

मानसिक कारणमा तनाव, चिन्ता र डिप्रेसन हुन्छ । यस्तो अवस्थामा थकान र कमजोरीको सबैभन्दा राम्रो उपचार भनेको आफ्नो खानपानमा सुधार र व्यायाम गर्नु हो । केही पेय पदार्थ छन् जसमा रहेका पोषक तत्त्वले तपाईंको स्वास्थ्य सुधार गर्न मद्दत गर्नेछ । आज हामी तीनै पेय पदार्थको बारेमा बताउनेछौँ ।

प्रोटिन शेक

बिहानको व्यायाम गर्ने वा कुनै काम गरेर थकित महसुस हुँदा प्रोटिन शेक पिउँदा हाम्रो मांसपेशीलाई मर्मत गर्न र शरीरको हराएको ऊर्जा फिर्ता ल्याउन मद्दत गर्छ ।

यसका लागि एक कप दूध, एउटा केरा, एक चम्चा पीनट बटर, एक चम्चा चिया सिड्स र चम्चा महलाई राम्रोसँग ब्लेन्ड गर्नुहोस् जबसम्म मिश्रण नरम र एकसमान हुँदैन ।

अब तयार भएको प्रोटिन शेकलाई गिलासमा हालेर तुरुन्त पिउनुहोस् । यो प्रोटिन शेकले तपाईंलाई ऊर्जा दिनेछ ।

नरिवल पानी

पोटासियमले भरिएको नरिवल पानी एक प्राकृतिक इलेक्ट्रोलाइट ड्रिंक हो । जुन शारीरिक स्वास्थ्यका लागि धेरै प्रकारले लाभदायक हुन्छ । यसले तुरुन्त ऊर्जा दिनुका साथै शरीरमा पानीको कमी पनि पूरा गर्छ । त्यसैले यसलाई पिएर ऊर्जा स्तर बढाउन सक्नुहुन्छ ।

चुकन्दरको रस

पोषक तत्त्वहरूले भरिएको चुकन्दरले स्टामिना बढाउनदेखि लिएर इम्यून सिस्टम बलियो बनाउन र रक्तचाप जस्ता समस्या कम गर्न मद्दत गर्छ । यसले शरीरमा रगतको कमीलाई पनि हटाउँछ । यसमा रहेको नाइट्रेटले रक्तसञ्चारमा सुधार गर्छ । यस्तो अवस्थामा केही दिनसम्म दैनिक चुकन्दरको जुस पिउँदा हाम्रो स्टामिना बढ्छ ।

स्मूदी

हरियो पात भएका तरकारी वा एवोकाडो जस्ता फलफूलबाट बन्ने स्मूदीले लामो समयसम्म ऊर्जावान बनाइराख्छ । साथै, यसमा धेरै पोषक तत्त्वहरू पनि हुन्छन्, जसले स्वस्थ रहन तपाईंलाई मद्दत गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register