सरकार गलत बाटो र शक्तिको दुरुपयोगतिर अग्रसर छ : प्रचण्ड 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गलत बाटोमा अग्रसर रहेको आरोप लगाएका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । “सरकार अहङ्कारपूर्ण तर, गलत बाटोतिर अग्रसर छ,” प्रचण्डले भने, “सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ ।” जनताभन्दा स्वार्थ समूह र […]

Aug 27, 2024 - 09:19
 0
सरकार गलत बाटो र शक्तिको दुरुपयोगतिर अग्रसर छ : प्रचण्ड 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गलत बाटोमा अग्रसर रहेको आरोप लगाएका छन् ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । “सरकार अहङ्कारपूर्ण तर, गलत बाटोतिर अग्रसर छ,” प्रचण्डले भने, “सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ ।”

जनताभन्दा स्वार्थ समूह र माफियाहरूको सेवामा अग्रसर रहेको उल्लेख गर्दै उनले भने, “अब रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो । धेरै क्षति हुने भयो । जनताले यो सम्मानित  गरिरहेको विश्वास पनि कमजोर हुने भयो । त्यसैले मैले आजै यो रोस्टममा उभिने निर्णय गरेँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register