जापानको हवाई क्षेत्रमा चीनको जासुसी विमान

काठमाडौं । जापानले चीनको जासुसी विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ । चिनियाँ विमान जापानको हवाई क्षेत्रमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । घटना स्थानीय समय अनुसार बिहान ११:२९ बजे भएको हो । चीनको वाई–९ जासुसी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रह्यो । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको […]

Aug 27, 2024 - 09:51
 0
जापानको हवाई क्षेत्रमा चीनको जासुसी विमान

काठमाडौं । जापानले चीनको जासुसी विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ ।

चिनियाँ विमान जापानको हवाई क्षेत्रमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । घटना स्थानीय समय अनुसार बिहान ११:२९ बजे भएको हो ।

चीनको वाई–९ जासुसी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रह्यो । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो ।

घटना डान्जो टापुको हो ।

जापानका मुख्य क्याबिनेट सचिवले उल्लङ्घनलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेर वर्णन गरे र घटनाको विरोध गर्न चिनियाँ दूतावासका एक अधिकारीलाई बोलाएका छन् ।

उक्त क्षेत्रमा तनाव बढिरहेको बेलामा यस्तो घटना भएको हो । यहाँ चीनले अमेरिका र जापान लगायतका उसका अन्य सहयोगीहरुविरुद्ध आफ्नो प्रभाव बढाउन खोजिरहेको छ ।

जापानी प्रसारक एनएचकेका अनुसार यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो । जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँगको यो घुसपैठको विरोध गर्ने बताएको छ ।

यस विषयमा चीनबाट आधिकारिक प्रतिक्रिया आएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register