२२ अर्ब बिजुली बक्यौताको प्रस्ताव क्याबिनेटमा ल्याउन प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती !

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई २२ अर्ब बिजुली बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्‌बाट गर्न चुनौती दिएका छन् । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै प्रचण्डले यो चुनौती दिएका हुन् । प्रचण्डले भने, “प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याबिनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । […]

Aug 27, 2024 - 09:51
 0
२२ अर्ब बिजुली बक्यौताको प्रस्ताव क्याबिनेटमा ल्याउन प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती !

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई २२ अर्ब बिजुली बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्‌बाट गर्न चुनौती दिएका छन् ।

बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै प्रचण्डले यो चुनौती दिएका हुन् ।

प्रचण्डले भने, “प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याबिनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ ।”

उनले थप जोड दिँदै भने, “यदि अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत।”

प्रचण्डले विचौलियाहरूलाई पनि सन्देश दिए । उनले भने, “तपाईंहरूले रचना गरेको सरकार तपाईंहरूको धेरै सेवा गर्न चाहन्छ तर यसको सामर्थ्य छैन। सामर्थ्य यसकारण छैन कि खबरदारी गर्न हामी प्रतिपक्ष छौं ।”

बिजुली बिलको मुद्दालाई लिएर प्रचण्डले भने, “बिजुलीकै बिललाई टेस्ट-केस मान्नुहोस् । कुन हतियार चलाएन माफियाले ? आफूले सक्ने मिडिया चलाएन कि ? संसदका समिति चलाएन कि ?”

उनले जनताको शक्तिको महत्त्व बताउँदै भने, “बिजुलीको आठ अर्ब बक्यौतामा समस्या भएर रोस्टममा उभिएका प्रधानमन्त्री अब फेसबुकबाटै भए पनि बाइस अर्ब भन्न थाल्नुभएको छ । विद्युत् प्राधिकरणको यही टेस्ट-केसले भन्छ, अब माफियाभन्दा जनता बलियो भइसकेको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register