महामन्त्रीद्वयको प्रतिवेदन विवादले सर्‍यो कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा चर्को विवाद भएपछि बैठक सारिएको हो । भोलि बस्ने भनिएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति खोज्न मंगलबार सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज […]

Aug 27, 2024 - 10:55
 0
महामन्त्रीद्वयको प्रतिवेदन विवादले सर्‍यो कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा चर्को विवाद भएपछि बैठक सारिएको हो ।

भोलि बस्ने भनिएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति खोज्न मंगलबार सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए ।

महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षले चर्को विरोध गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register