मेटमणि चौधरीलाई देशद्रोहीको मुद्दा चलाउन एमालेको माग

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का सांसद सूर्यप्रसाद ढकालले नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीलाई देशद्रोहीको मुद्दा लगाउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ढकालले भने, “देशद्रोहीको मुद्दा लगाऔँ ।” उनले थपे, “यो राष्ट्रिय विरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ ? सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले […]

Sep 16, 2024 - 09:00
 0
मेटमणि चौधरीलाई देशद्रोहीको मुद्दा चलाउन एमालेको माग

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का सांसद सूर्यप्रसाद ढकालले नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीलाई देशद्रोहीको मुद्दा लगाउन माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ढकालले भने, “देशद्रोहीको मुद्दा लगाऔँ ।”

उनले थपे, “यो राष्ट्रिय विरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ ? सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले छानबिन गरोस् । यो विषय हल्का रूपमा उठाइएको होइन ।”

यसअघि मेटमणिले कालापानीलगायतका भूमि नेपालको नभइ भारतको रहेको अभिव्यक्ति दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register