‘कुन सेयरको भाउ कति हुने हो, त्यो सांसदले बोल्ने होइन, बजार पूँजीकरण मिलेको छैन, सच्याईयोस्’: हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कुन सेयरको भाउ कति हुने हो भन्ने विषय सांसदले बोल्ने कुरा नभएको बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ९ महिनासम्म अध्यक्ष नियुक्त नहुँदा बजार प्रभावित भएको दाबी गर्दै अर्थमन्त्रीलाई तुरुन्त अध्यक्ष नियुक्त गर्नसमेत […]

Aug 27, 2024 - 12:27
 0
‘कुन सेयरको भाउ कति हुने हो, त्यो सांसदले बोल्ने होइन, बजार पूँजीकरण मिलेको छैन, सच्याईयोस्’: हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कुन सेयरको भाउ कति हुने हो भन्ने विषय सांसदले बोल्ने कुरा नभएको बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ९ महिनासम्म अध्यक्ष नियुक्त नहुँदा बजार प्रभावित भएको दाबी गर्दै अर्थमन्त्रीलाई तुरुन्त अध्यक्ष नियुक्त गर्नसमेत अनुरोध गरेका छन् ।

ढकालले ६६ लाख लगानीकर्ताको लगानी सुरक्षित गर्न र बजारलाई प्राकृतिक लयमा चल्न दिन सेयर बजारका बारेमा नबुझी नबोल्न पनि अन्य सांसदहरुलाई आग्रह गरे ।

बजार पूँजीकरणको गणना नमिलेको भन्दै ढकालले यसलाई तुरुन्त सच्याउन पनि अर्थमन्त्रीलाई आग्रह गरेका छन् । कारोबार हुने सेयरको मात्र पूँजीकरण गणना हुनुपर्नेमा जोड दिँदै ढकालले यस विषयमा निष्कर्ष निकाल्न तुरुन्त कार्यदल बनाउनुपर्नेसमेत बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register