नेपाल लाइफको मोटिभेसनल तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौँ र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित उक्त कार्यक्रममा करिव […]

Sep 8, 2024 - 08:35
 0
नेपाल लाइफको मोटिभेसनल तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौँ र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित उक्त कार्यक्रममा करिव पाँच हजार भन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ्ग प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरु, शाखा तथा उपशाखाका प्रमुखहरू, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत आयोजना गरिएको मोटिभेसनल तालिम कार्यक्रममा भारतको दिल्लीबाट आएका चिर परिचित अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सिपको बारेमा प्रकाश पारेका थिए । मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भएपनि मानिसले यसको महत्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको र यस अवस्थामा अभिकर्ताहरूले बीमाको महत्व माथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावनाहरू रहेको हुँदा चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडि बढ्नका लागि उत्प्रेणा प्रदान गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट छनोट भएर कार्यक्रममा आएका बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए । अभिकर्ताहरूको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तता प्रदान गर्ने हेतुले अन्तर्राष्ट्रिय प्रशिक्षकको उपस्थितिमा यस किसिमको भव्य र सभ्य कार्यक्रम आयोजना गरिएको कुरा उनले बताए । यस किसिमको कार्यक्रमले क्षमता अभिवृद्धि गरी जीवन बीमाको बजारीकरणका निम्ति चाहिने सीप ज्ञान हासिल गर्न सहयोग पुग्ने बताए ।

कम्पनीले बीमा अभिकर्ताहरूलाई आफ्नो मेरुदण्ड मानेको र उनीहरुको ज्ञान सीप लाई निखार्नका निम्ति यस किसिमको कार्यक्रम फलदायी हुने कुरामा आफू विश्वस्त रहेको र आगामी दिनमा पनि यस किसिमको उपलब्धिमूलक र लर्निङ कर्भलाई थप सबल सशक्त बनाउन कम्पनी आतुर रहेको समेत बताए ।

कार्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्यलाई प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य भएका ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो । साथै कम्पनीले हरेक प्रदेशमा प्रथम द्वितीय र तृतीय हुने एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई प्रमाण पत्र सहित सम्मान गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register