जापानमा भारी वर्षासँगै  शक्तिशाली आँधी, उडान र रेल सेवा अवरुद्ध

काठमाडौँ ।  दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेपछि त्यहाँका उडान र रेल सेवा अवरुद्ध भएका छन् । ‘टाइफुन सानसान’ प्रतिघण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन्। भारी वर्षाका कारण हामामात्सु र टोयोहासीको मध्यसहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो । जापान एयरलाइन्सले […]

Aug 27, 2024 - 12:50
 0
जापानमा भारी वर्षासँगै  शक्तिशाली आँधी, उडान र रेल सेवा अवरुद्ध

काठमाडौँ । 

दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेपछि त्यहाँका उडान र रेल सेवा अवरुद्ध भएका छन् ।

‘टाइफुन सानसान’ प्रतिघण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन्। भारी वर्षाका कारण हामामात्सु र टोयोहासीको मध्यसहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो ।

जापान एयरलाइन्सले मङ्गलबार र बुधबार ११६ वटा आन्तरिक उडान र ६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ ।

‘टाइफुन सानसान’ यस हप्ताको अन्त्यमा मुख्य दक्षिणी टापु क्युसुतर्फ लाग्ने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register