मनसुनी वर्षापछिको बाढीपहिरोमा परी २०८ को मृत्यु, ५३ जना बेपत्ता

काठमाडौं । मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म दुई सय आठजनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २९, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जना […]

Aug 27, 2024 - 16:15
 0
मनसुनी वर्षापछिको बाढीपहिरोमा परी २०८ को मृत्यु, ५३ जना बेपत्ता

काठमाडौं । मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म दुई सय आठजनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २९, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय आठजनाको मृत्यु भएको हो ।

साथै काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ४२, मधेस १२, बागमतीमा ३१, गण्डकीमा ४७, लुम्बिनीमा २५, कर्णालीमा ६७ र सुदूरपश्प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७१ जना घाइते भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा चार, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा एक सय एकजना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी कोशी प्रदेशमा तीन, मधेस एक, बागमतीमा ४४, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चििम प्रदेशमा एकजना गरी ५३ जना बेपत्ता भएका छन् । बाढीको कारण जम्मा चार सय आठ घर डुबानमा परेका छन् ।

तीन सय ६४ वटा घर, एक सय २६ गोठ, ५२ पुल, छवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । नौ सय ७२ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्घटनाबाट छ हजार ४९ घरपरिवार विस्थापित भएका छन् । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register