नाडा अटो शोमा हजुरलाई नमस्ते ट्रेड लिङकाे वस्तु प्रदर्शन गर्न नदिएपछि अध्यक्ष चौधरीप्रति आपत्ति

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का अध्यक्ष करण चौधरीप्रति हजुरलाई नमस्ते ट्रेड लिङ प्रा.लिले आपत्ति जनाएको छ । मंगलबार भृकुटीमण्डपमा सुरु १६औं सस्करणको अटो सो मा हजुरलाई नमस्ते ट्रेड लिङ्कद्वारा आयातित वस्तुहरु प्रदर्शन गर्नबाट वञ्चित गराएकोमा र व्यवसायिक यात्रामा अघि बढ्दै गरेका हामीलाई अपमानित तथा निमोठन खोजिएको भन्दै आपत्ति जनाएकाे हाे । उक्त हजुरलाई […]

Aug 27, 2024 - 17:01
 0
नाडा अटो शोमा हजुरलाई नमस्ते ट्रेड लिङकाे वस्तु प्रदर्शन गर्न नदिएपछि अध्यक्ष चौधरीप्रति आपत्ति

काठमाडौं ।

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का अध्यक्ष करण चौधरीप्रति हजुरलाई नमस्ते ट्रेड लिङ प्रा.लिले आपत्ति जनाएको छ ।

मंगलबार भृकुटीमण्डपमा सुरु १६औं सस्करणको अटो सो मा हजुरलाई नमस्ते ट्रेड लिङ्कद्वारा आयातित वस्तुहरु प्रदर्शन गर्नबाट वञ्चित गराएकोमा र व्यवसायिक यात्रामा अघि बढ्दै गरेका हामीलाई अपमानित तथा निमोठन खोजिएको भन्दै आपत्ति जनाएकाे हाे ।

उक्त हजुरलाई नमस्ते ट्रेड लिङ्क प्रालिले आज एक विज्ञप्ति जारी गर्दै आयातित वस्तुहरुको देश व्यापि ग्राहकहरुको लोकप्रियता देखेर आत्तियका कोही कसैको सुनियोजित षडयन्त्रमा वा हामीलाई कम मुल्याङ्कन गरी कठोर परिश्रम र घरखेत धितो राखेर अघि वढ्दै गरेका हामी जस्ता साना व्यवसायिले आयात गरेको वस्तु तथा उत्पादन ग्राहकसामु प्रदर्शन गर्नबाट वञ्चित गराएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

विषयगत जानकारीनै नभएको व्यक्तिसंग कथित समन्वय गरी हामीलाई बञ्चित गराउने उद्देश्य राखिएको जानकारी हुने वित्तिकै यस नाडाका अध्यक्ष चौधरीलाई एसएमएस तथा फोन मार्फत जानकारी गराउन खोज्दा कुनै जवाफ नआएकोले यो संस्था सामान्य मेहनती व्यवसाय गर्ने हरु भन्दा पहुचवालाहरुको हाली मुहाली भएको महसुस जनाइएकाे छ ।

नाडा अटो सो का सह-संयोजक अनुप बराल तथा कोषाध्यक्ष मिलन मल्ललाई समन्वय गर्दा स्टल प्राप्त हुने जानकारी गराएको अन्तिम अवस्थामा हजुरलाई नमस्ते ट्रेड लिङ्क प्रालिलाई वञ्चित गराएकोमा मेरो घोर आपत्ति जनाएकाे छ ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register