झापाको शिवगञ्जमा पहिलो पल्ट रथयात्रा

शिवसताक्षी, ११ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शिवसताक्षीको शिवगञ्ज बजारमा पहिलो पल्ट रथ यात्रा निकालिएको छ ।आज शिवसताक्षी ६ शिवगञ्ज बजारमा अवस्थित हनुमान मन्दिरबाट रथ यात्रा निकाली पाथिभरा मन्दिर, कनकाई भगवती मन्दिर, शिव मन्दिरमा परिक्रमा गराई पुनः शिवगञ्ज बजारमा रथ यात्राको समापन गरिएको हो ।बैदिक सनातन धर्म संस्कार संस्कृति सम्वर्धन तथा सरक्षण गर्ने उद्देश्यले श्री [...] The post झापाको शिवगञ्जमा पहिलो पल्ट रथयात्रा appeared first on Jhapa Online.

Aug 27, 2024 - 16:52
 0
झापाको शिवगञ्जमा पहिलो पल्ट रथयात्रा

शिवसताक्षी, ११ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शिवसताक्षीको शिवगञ्ज बजारमा पहिलो पल्ट रथ यात्रा निकालिएको छ ।
आज शिवसताक्षी ६ शिवगञ्ज बजारमा अवस्थित हनुमान मन्दिरबाट रथ यात्रा निकाली पाथिभरा मन्दिर, कनकाई भगवती मन्दिर, शिव मन्दिरमा परिक्रमा गराई पुनः शिवगञ्ज बजारमा रथ यात्राको समापन गरिएको हो ।
बैदिक सनातन धर्म संस्कार संस्कृति सम्वर्धन तथा सरक्षण गर्ने उद्देश्यले श्री सनातन धर्म सरंक्षण समिति शिवसताक्षीद्वारा रथ यात्राको आयोजना गरिएको हो ।


रथ यात्राको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेका हुन् । शिवगञ्ज बजारमा रथयात्रामा हजारौ धार्मालम्बी भक्तजनहरुको उपस्थिति रहेको आयोजक सनातन धर्म सरंक्षण समिति शिवसताक्षीले जनाएको छ । रथ यात्रा उद्घाटनका क्रममा श्री सताक्षी गुरुकोलमकाका विद्यार्थीहरुले स्वतिबाचन गरेका थिए । रथ यात्रामा वडाध्यक्ष विष्णु प्रसाई, सिकिन पासवान, मनोज खुलाल कार्की, वडा सदस्य गोमा रिजाल लगायत विभिन्न धार्मिक समितिहरु, भजन मण्डलीका सदस्यहरु, मन्दिरका समितिहरुको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकालिएको छ ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो ।
कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए। झापा सहित नेपालको विभिन्न स्थान र भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन ।

The post झापाको शिवगञ्जमा पहिलो पल्ट रथयात्रा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register