बुधबार डलर, युरो, पाउण्ड र कतारी रियालको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर सबै बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ५९ पैसा पुगेको छ […]

Aug 28, 2024 - 02:39
 0
बुधबार डलर, युरो, पाउण्ड र कतारी रियालको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर सबै बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ५९ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४९ रुपैयाँ ६६ पैसा र बिक्री दर १५० रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ १७ पैसा र बिक्री दर १७७ रुपैयाँ ९६ पैसा पुगेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register