एकाघर परिवारको बीमा गर्न लगाइएको प्रतिबन्ध हट्यो, आफ्ना मान्छेको बीमा गराउन पाउने भएपछि बीमा ‘एजेन्ट’ खुसी ! 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले एकाघर बीमाको नयाँ नियम सच्याएको छ । प्राधिकरणले एकाघर बीमाको नयाँ नियम लागू गर्दै एकाघर परिवारका सदस्यमाथि बीमा गर्न रोक लगाएको प्रावधान खारेज गरेको हो ।  प्राधिकरणले सञ्चालक समितिको बैठकबाट संस्थागत सुशासन निर्देशनमा पहिलो संशोधन गर्दै अभिकर्ताले आफू अभिकर्ता भएर एकाघर परिवारको सदस्यको बीमा गर्न नपाउने नियम खारेज गरेको जनाएको […]

Aug 28, 2024 - 05:07
 0
एकाघर परिवारको बीमा गर्न लगाइएको प्रतिबन्ध हट्यो, आफ्ना मान्छेको बीमा गराउन पाउने भएपछि बीमा ‘एजेन्ट’ खुसी ! 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले एकाघर बीमाको नयाँ नियम सच्याएको छ । प्राधिकरणले एकाघर बीमाको नयाँ नियम लागू गर्दै एकाघर परिवारका सदस्यमाथि बीमा गर्न रोक लगाएको प्रावधान खारेज गरेको हो । 

प्राधिकरणले सञ्चालक समितिको बैठकबाट संस्थागत सुशासन निर्देशनमा पहिलो संशोधन गर्दै अभिकर्ताले आफू अभिकर्ता भएर एकाघर परिवारको सदस्यको बीमा गर्न नपाउने नियम खारेज गरेको जनाएको छ । योसँगै अब बीमा अभिकर्ताले आफू अभिकर्ता भएर एकाघर परिवारका सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गर्न पाउने भएका छन् । 

यसो त यसअघि प्राधिकरणले संस्थाको सुशासन सम्बन्धी निर्देशिका २०८० जारी गर्दै बीमा अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था गरेको थियो । 

तर, प्राधिकरणको उक्त व्यवस्थाले जीवन बीमाको विस्तारमा अवरोध सृजना गरेको भन्दै पेशागत बीमा अभिकर्ताहरुले उक्त व्यवस्थाको विरोध गरेका थिए । उनीहरुले बीमा प्राधिकरणले सरेकारवालासँग छलफल तथा परामर्श नै नगरी उक्त व्यवस्था ल्याएको भन्दै एकाघर बीमाको नियम खारेजीको माग गर्दै आएका थिए । अन्ततः प्राधिकरणले उक्त व्यवस्था खारेज गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register