नाडा अटो शोमा थरीथरीका गाडी, तर, पोहोरजस्तो छैन अवलोकनकर्ताको बाढी… (फोटो-कथा)

काठमाडौँ । मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा नयाँ गाडी भित्र्याउने र नयाँ गाडी लन्च गर्ने ‘कुम्भमेला’को रुपमा लिइने ‘नाडा अटो शो २०२४’ चलेको छ । १६औँ संस्करणको नाडा अटो शोमा करिव ८० प्रतिशत विद्धुतीय गाडीहरु प्रदर्शनमा राखिएका छन् । नाडा अटो शोमा इकोनोमिदेखि हाई क्लाससम्मका गाडीहरू प्रदर्शनी तथा बुकिड्ंग चलिरहेको छ । अटो शोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, […]

Aug 28, 2024 - 15:15
 0
नाडा अटो शोमा थरीथरीका गाडी, तर, पोहोरजस्तो छैन अवलोकनकर्ताको बाढी… (फोटो-कथा)

काठमाडौँ । मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा नयाँ गाडी भित्र्याउने र नयाँ गाडी लन्च गर्ने ‘कुम्भमेला’को रुपमा लिइने ‘नाडा अटो शो २०२४’ चलेको छ । १६औँ संस्करणको नाडा अटो शोमा करिव ८० प्रतिशत विद्धुतीय गाडीहरु प्रदर्शनमा राखिएका छन् ।

नाडा अटो शोमा इकोनोमिदेखि हाई क्लाससम्मका गाडीहरू प्रदर्शनी तथा बुकिड्ंग चलिरहेको छ ।

अटो शोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्स लगायत गरी १ सय ३० वटा स्टल राखिएको छ । यो संस्करणमा २४ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुई पांग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरु राखिएको छ ।

सोमा ३३ वटा लुब्रिकेन्ट्स, टायर, ब्याट्री लगायतका कम्पनीहरु छन् । अटो शो भदौ १६ गतेसम्म चल्नेछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register