यी हुन् सेयर बजारका १० भिलेन, कसले के बदमासी गर्छन् ? कसरी जोगिने ? (भिडियो ब्रिफिङ)

काठमाडौँ । घट्नु र बढ्नु सेयर बजारको सुन्दरता हो, सामान्य चक्र हो । तर बजारमा यस्ता दुई अतिवाद छन्, जसमध्ये एकथरिले बजार बढेको देखिसहन्न । उसलाई बजार घटेको मात्र मनपर्छ । र अर्को अतिवाद जसले बजार घट्नै हुन्न भन्छ । बजार बढ्छ मात्रै, घट्नु अस्वभाविक वा गलत भन्छ । अनि यी दुई अतिवादको बीचमा रुमलिएका […]

Aug 28, 2024 - 05:35
 0
यी हुन् सेयर बजारका १० भिलेन, कसले के बदमासी गर्छन् ? कसरी जोगिने ? (भिडियो ब्रिफिङ)

काठमाडौँ । घट्नु र बढ्नु सेयर बजारको सुन्दरता हो, सामान्य चक्र हो । तर बजारमा यस्ता दुई अतिवाद छन्, जसमध्ये एकथरिले बजार बढेको देखिसहन्न । उसलाई बजार घटेको मात्र मनपर्छ । र अर्को अतिवाद जसले बजार घट्नै हुन्न भन्छ । बजार बढ्छ मात्रै, घट्नु अस्वभाविक वा गलत भन्छ । अनि यी दुई अतिवादको बीचमा रुमलिएका सोझा लगानीकर्ताहरु घट्दा किन्न नजानेर फस्छन्, बढ्दा बेच्न नजानेर फस्छन् । परिणाम, दुई अतिवादका बीचमा सँधै टाठो खेलाडीले जित्छ र नयाँले प्राय हार्छन् सेयर बजरमा । 

अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै बढेको सेयर बजार अहिले बुलिस चक्रमा छ । तर, बजार दुई दिन घटेको मात्र के थियो ? बुल सकियो, अब फसियो, बजार अब सिधै २२०० हो भन्ने खालका मनगढन्ते भ्रम छरिरहेका छन् यो बजारमा । बजारले नयाँ पिक लिने बेलामा बजारले एउटा बिग करेक्सन्को सामना गर्नु सामान्य भए पनि अब बजार बढ्दैन र बुल सकियो भन्ने भ्रम फैलाएर बियर ग्यांगका लगानीकर्ताले जे गरिरहेका छन्, त्यसले बजारमा नमिठो प्रभाव त परेको छ नै बजारका नयाँ लगानीकर्तालाई पनि सिधा असर गरेको छ । अझ यो ग्याङ्मा यसपालिको बुलमा किन्न नै नपाएका, रेल छुटेका र मिठो प्रफिट बुक गरेर बजार जतिसके घटेहुन्थ्यो र किन्थ्यौँ भनेर बसेकाहरुले थप आगोमा घ्यु थपेका छन् । 

सुरुमा चर्चा गरौँ सेयर बजारमा उदाएको अतिवादका सिपाहीहरु बनेका त्यस्ता भिलेनरुपी तत्वहरुको जसको काम नै सोझा लगानीकर्ता फसाएर सेयर सोहोर्ने हुन्छ । 

बजार बियरिसमा हुँदा बजार अब क्रयास नै हुनेभयो भन्ने हल्ला चलाएर सस्तोमा सेयर उठाउने । आफूले किनिसकेपछि सेयरको भाउ बढाउने र आफूले बेच्न ठिक्क पारेपछि बजार त अब कहाँ हो कहाँ ? यसको डबल र ट्रिपल हुन्छ भन्दै हल्ला फिँजाएर आफू महँगोमा सेयर बेचेर टाप कस्ने । अझ सिधा भन्दा, सस्तोमा उनैसँग सेयर खोसेर महँगोमा तिनैलाई सेयर भिडाउने । हरेक बुलमा देखिने यस्ता भिलेन लगानीकर्ताका कारण नयाँले हरेक बुलमा अनुभव मात्रै कमाइरहेका छन् र अनुभवी खेलाडीले पैसा बोरामा समेत नअट्नेगरी कमाईरहेका छन् । आखिर को-को हुन् त सेयर बजारका त्यस्ता भिलेनरुपी तत्वहरु ? थप भिडियोमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register