भारतमा बीजुली बेचेर एक महिनामै प्रधिकरणले कमायो ४ अर्ब १९ करोड बढी रकम

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतमा बीजुली बेचेर एक महिनामै ४ अर्ब १९ करोड बढी आम्दानी गर्न थालेको छ ।आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गर्न थालेको हो । प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन […]

Aug 28, 2024 - 06:11
 0
भारतमा बीजुली बेचेर एक महिनामै प्रधिकरणले कमायो ४ अर्ब १९ करोड बढी रकम

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतमा बीजुली बेचेर एक महिनामै ४ अर्ब १९ करोड बढी आम्दानी गर्न थालेको छ ।आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गर्न थालेको हो ।

प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ । त्यसमध्ये आन्तरिक रुपमा कूल एक हजार नौ सय २९ मेगावाट बराबरको खपत भइरहेको हो । देशभित्रको कूल माग भने दुई हजार छ सय ३३ मेगावाट बराबर रहेको प्राधिकरणले जनाएको छ । यस प्रकारको माग भने एकाध घण्टाको मात्रै हो । साँझ र बिहान बिजुलीको बढी माग भएपनि रातको समयमा माग घट्न जाँदा निर्यात गर्नुको विकल्प प्राधिकरणसँग छैन । रातको समयमा बढी भएको बिजुली भारत निर्यात गर्दा त्यसबाट प्राधिकरणले उल्लेख्य मात्रामा आम्दानी गर्न सफल भएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी एका छन् । चालु आर्थिक वर्षको पहिलो महिनामा नै प्राधिकरणले उक्त मूल्य बराबरको बिजुली निर्यात भएको विवरण सार्वजनिक गरेको हो ।

मुलुकभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी अतिरिक्त आम्दानी गर्न प्राधिकरण सफल भएको हो । दैनिक हिसाब अनुसार साउनमा रु १३ करोड ११ लाख बराबरको बिजुली निर्यात भएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट मात्रै दुई अर्ब ६२ करोड १२ लाख तीन हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ५१ पैसा छ ।

त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८-९ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायाममा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताएका छन् । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ति जाने आउने भएपनि हाल मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उनले उल्लेख गरेका छन् । कार्यकारी निर्देशक घिसिङले भने, ‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारका कार्य अभियानकै रुपमा कार्यान्वयन भइरहेको छ । आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बङ्गलादेशलाई निर्यात गरिने छ ।’

घिसिङले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्राको सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न समेत सकारात्मक योगदान पुगिरहेको जानकारी दिएका छन् । ‘हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नु परे पनि आयातको परिमाण क्रमश: घट्दै जाने छ, गत आर्थिक वर्षबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं’ उनले भने । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)लाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्विपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो । यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत् आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाबाट उत्पादित २०९.६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ । कूल १० जलविद्युत् आयोजनाबाट उत्पदित एक सय २५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ । बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु हुने छ ।

हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रुपमा ६९०.५० मेगावाट विद्युत् निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रुपमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । गत आर्थिक वर्षमा भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो । यही अवधिमा रु १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो । गत आर्थिक वर्षमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो । प्राधिकरणले २०७९ जेठ २० गतेदेखि विद्युत् निर्यात सुरु गरेको थियो । पहिलो चरणमा ३९ मेगावाट निर्यात गरेको थियो । सुरुआती चरणमा त्रिशुली र देवीघाट जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली भारत निर्यात भएको थियो ।

दुई देशबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने गरी दीर्घकालीन विद्युत् सम्झौता समेत भइसकेको छ । यस्तै, बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण तत्कालका लागि ४० मेगावाट निर्यात गर्ने अन्तिम तयारी भएपनि स्थगित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register