इसेवाले ल्यायो मर्चेन्ट लिंक सेवा, व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि एउटै एप प्रयोग गर्न मिल्ने

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना मर्चेन्टहरुको लागि विशेष योजना ल्याएको छ । इसेवाले वित्तीय कारोबार सहज बनाउन उद्देश्यले इसेवासँग आवद्ध भएका मर्चेन्टहरुलाई आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न मिल्ने ‘मर्चेन्ट लिंक’ योजना ल्याएको हो । यो सेवाभन्दा पहिले व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर […]

Aug 28, 2024 - 07:31
 0
इसेवाले ल्यायो मर्चेन्ट लिंक सेवा, व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि एउटै एप प्रयोग गर्न मिल्ने

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना मर्चेन्टहरुको लागि विशेष योजना ल्याएको छ । इसेवाले वित्तीय कारोबार सहज बनाउन उद्देश्यले इसेवासँग आवद्ध भएका मर्चेन्टहरुलाई आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न मिल्ने ‘मर्चेन्ट लिंक’ योजना ल्याएको हो ।

यो सेवाभन्दा पहिले व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टा छुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो । तर, अब इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि एउटै एप प्रयोग गर्न मिल्ने भएको छ ।

सो सेवाबाट प्रयोगकर्ता/मर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन् । भुक्तानीको सुचना इसेवा एपको नोटिफिकेसन मार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्युआर मार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन् ।

साथै मर्चेन्ट खातामा लिकं गरिएको सेटलमेन्ट बैंक खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ । यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ । यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register