हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । इन्स्योरेन्सको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो । उनलाई असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । गत असार १३ गते विजयबहादुर शाहलाई सीईओ पदबाट […]

Sep 15, 2024 - 06:32
 0
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । इन्स्योरेन्सको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

उनलाई असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

गत असार १३ गते विजयबहादुर शाहलाई सीईओ पदबाट बर्खास्त गरेपछि श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी जिम्मेवारी दिइएको थियो । यसअघि श्रेष्ठ सोही कम्पनीमा डेपुटी सीईओको भूमिकामा थिइन् ।

लामो समयदेखि बीमा क्षेत्रमा आवद्द श्रेष्ठ साविक हिमालयन जनरल इन्स्योरेन्समा विभिन्न पद रहेर काम गरेकी हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register