सन नेपाल लाइफ सेयर घोटाला प्रकरणः जेल जानबाट जोगिन सीईओले फिर्ता गरे लुट्न खोजेको सेयर !  

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले आईपीओ बाँडफाँड गर्दा लुकाएको सेयर फिर्ता गरेको पाइएको छ । अर्यालले कर्मचारीका लागि छुट्याइएको सेयरमध्ये लुकाएको ८० प्रतिशत सेयर सेयर बाँडफाँड भएको एक वर्षपछि फिर्ता गरेको पाइएको हो । हाल कम्पनीले आईपीओ बाँडफाँडका बेला कायम कर्मचारीहरुलाई इमेलमार्फत पत्र पठाएरै थप सेयर धमाधम दिइरहेको […]

Sep 8, 2024 - 03:47
 0
सन नेपाल लाइफ सेयर घोटाला प्रकरणः जेल जानबाट जोगिन सीईओले फिर्ता गरे लुट्न खोजेको सेयर !  

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले आईपीओ बाँडफाँड गर्दा लुकाएको सेयर फिर्ता गरेको पाइएको छ । अर्यालले कर्मचारीका लागि छुट्याइएको सेयरमध्ये लुकाएको ८० प्रतिशत सेयर सेयर बाँडफाँड भएको एक वर्षपछि फिर्ता गरेको पाइएको हो ।

हाल कम्पनीले आईपीओ बाँडफाँडका बेला कायम कर्मचारीहरुलाई इमेलमार्फत पत्र पठाएरै थप सेयर धमाधम दिइरहेको छ । 

यसो त कम्पनीले २०८० जेठ २५ गते आईपीओको ५ प्रतिशत अर्थात कुल ९६ लाख कित्ता आईपीओमध्ये ४ लाख ८० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याउने निर्णय गरेको थियो । तर, त्यसबेला आईपीओ बाँडफाँड गर्दा केही सञ्चालकसँगको मिलेमतोमा सीईओ अर्यालले कर्मचारीका लागि छुट्याइएको सेयरमध्ये ८० प्रतिशत सेयर आफैँ राखेर बाँकी २० प्रतिशत सेयर मात्रै कर्मचारीलाई बाँडफाँड गरेका थिए । 

तर, सीईओको यस्तो बदमासी बुझेका कर्मचारीले आईपीओ बाँडफाँडमा ‘घोटाला’ भएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी दिएका थिए । 

उक्त उजुरीमाथि अनुसन्धान गर्दा बोर्डले समेत कम्पनीका सीईओ र सञ्चालक मिलेर सेयर बाँडफाँडमा कैफियत गरेको निष्कर्ष निकालेको थियो । तर, बोर्डले उनीहरुलाई कारबाही गर्नुको साटो २०८१ साउन २१ गते आरक्षित कित्ता पुनः बाँडफाँड गर्न निर्देशन दिएको थियो । 

हाल सन नेपाल लाइफको सेयर घोटाला प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हेरिरहेको छ । सीआईबीले उक्त फाइल टेकओभर गरेसँगै सीईओ र केही सञ्चालकले आईपीओ बाँडफाँडमा गल्ती गरेकोसमेत स्वीकारेका छन् । तर, गल्ती स्वीकारे पनि जेल जानुपर्ने डरले सीईओ अर्यालले ‘लुट्न खोजेको’ सेयर धमाधम फिर्ता गर्न थालेका छन् । 

हाल कम्पनीले सेयर बाँडफाँडका बेला कायम कर्मचारीलाई थप सेयर भन्दै इमेल पठाइरहेको छ । जहाँ आईपीओको फारम भर्न र आफूले पाउने थप कित्ता सेयरका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले रकम जम्मा गर्न पनि आग्रह गरेको छ । उक्त इमेलमा कम्पनीले कर्मचारीलाई सुरक्षित गरिएको सेयर खरिद दरखास्त फारम र मन्जुरीनामाको नमूनासमेत पठाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register