बीसीबीले भन्यो – हसनले हत्या आरोपमा दोषी प्रमाणित नभएसम्म खेल्न पाउँछन्

काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले अलराउन्डर शकिब अल हसनलाई हत्या आरोपको कारण क्रिकेटबाट टाढा राख्ने प्रयासलाई केही समयका लागि रोकेको छ । बोर्डका अध्यक्ष फारुक अहमदले हसनविरुद्धको आरोप प्रमाणित नभएसम्म क्रिकेट खेल्न पाउने बताए । उनले भने, ‘जबसम्म शकिब अल हसन दोषी प्रमाणित हुँदैनन् । त्यतिन्जेल उनले बंगलादेशबाट खेल्नेछन् । हामी उनलाई भारत भ्रमणका […]

Aug 28, 2024 - 10:43
 0
बीसीबीले भन्यो – हसनले हत्या आरोपमा दोषी प्रमाणित नभएसम्म खेल्न पाउँछन्

काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले अलराउन्डर शकिब अल हसनलाई हत्या आरोपको कारण क्रिकेटबाट टाढा राख्ने प्रयासलाई केही समयका लागि रोकेको छ ।

बोर्डका अध्यक्ष फारुक अहमदले हसनविरुद्धको आरोप प्रमाणित नभएसम्म क्रिकेट खेल्न पाउने बताए ।

उनले भने, ‘जबसम्म शकिब अल हसन दोषी प्रमाणित हुँदैनन् । त्यतिन्जेल उनले बंगलादेशबाट खेल्नेछन् । हामी उनलाई भारत भ्रमणका लागि पनि टोलीमा राख्न चाहन्छौं ।’

तीन दिन अघि आइतबार अगस्ट २५ मा बीसीबीलाई कानूनी नोटिसमा बंगलादेशको राष्ट्रिय टोलीबाट साकिबलाई हटाउन र पाकिस्तान भ्रमणबाट फिर्ता गर्न माग गरिएको थियो ।

यसबारे बीसीबी अध्यक्षले एक विज्ञप्ति जारी गर्दै टोलीबाट नहटाउने बताए ।

हाल हसन पाकिस्तान भ्रमणमा रहेको बंगलादेशको टोलीमा छन् । २ टेस्टको सिरिजको दोस्रो खेल अगस्ट ३० बाट रावलपिंडीमा सुरु हुनेछ । बंगलादेशले पहिलो खेलमा १० विकेटले ऐतिहासिक जित दर्ता गरेको छ ।

रफिकुल इस्लामले वकिलमार्फत् यस्तो माग गरेको एनडीटीभीले जनाएको छ । बंगलादेशमा अगस्ट ७ मा भएको विद्यार्थी आन्दोलनको क्रममा छोरा रुबेल गुमाएका इस्लामले हसनसहित पूर्वप्रधानमन्त्री शेख हसिनालगायतविरुद्ध मुद्दा दायर गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register