एन्फा महिला लिग : कोशीले बागमतीलाई हरायो

काठमाडौं । एन्फा महिला लिग २०८१ फुटबलमा कोशी प्रदेशले बागमती यूथ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कोशीले बागमतीलाई २–१ को गोलअन्तरले पराजित गरेको हो । खेलको २६औं मिनेटमा विष्णु माया बलले गोल गर्दै बागमतीलाई अग्रता दिलाइन् । खेलको २९औं मिनेटमा समिक्षा मगरले कोशीको लागि गोल फर्काइन् । खेलको ५४औं […]

Sep 5, 2024 - 10:25
 0
एन्फा महिला लिग : कोशीले बागमतीलाई हरायो

काठमाडौं । एन्फा महिला लिग २०८१ फुटबलमा कोशी प्रदेशले बागमती यूथ क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कोशीले बागमतीलाई २–१ को गोलअन्तरले पराजित गरेको हो ।

खेलको २६औं मिनेटमा विष्णु माया बलले गोल गर्दै बागमतीलाई अग्रता दिलाइन् । खेलको २९औं मिनेटमा समिक्षा मगरले कोशीको लागि गोल फर्काइन् ।

खेलको ५४औं मिनेटमा भने बागमतीले आत्मघाती गोल गरेसँगै कोशीले जित हासिल गर्‍यो ।

अर्को खेलमा वालिङ नगरपालिका र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ । खेल ४ः१५ बजे सुरु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register