नेपालमा दुर्लभ देखिने डल्फिन हेर्न कैलालीमा पर्यटकहरुको भीड, संरक्षणमा चुनौती (फोटो-कथा)

काठमाडौँ । कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । नदीमा पानीको सतह बढेसँगै कैलालीको कर्णाली नदीका सहायक नदी मोहना, पथरिया, काँढा, कान्द्रा, गौरिनाला र रेप्तीनालामा डल्फिन देखिन थालेका हुन् । कैलालीका नदीमा देखिने डल्फिनलाई स्वाँसु, सुस र सोंस पनि भन्ने गरिन्छ । यो डल्फिन असार, साउन, भदौ र असोज महिनासम्म कैलालीका नदीमा देखिने गर्छ ।  […]

Aug 28, 2024 - 14:35
 0
नेपालमा दुर्लभ देखिने डल्फिन हेर्न कैलालीमा पर्यटकहरुको भीड, संरक्षणमा चुनौती (फोटो-कथा)

काठमाडौँ । कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । नदीमा पानीको सतह बढेसँगै कैलालीको कर्णाली नदीका सहायक नदी मोहना, पथरिया, काँढा, कान्द्रा, गौरिनालारेप्तीनालामा डल्फिन देखिन थालेका हुन् ।

कैलालीका नदीमा देखिने डल्फिनलाई स्वाँसु, सुससोंस पनि भन्ने गरिन्छ । यो डल्फिन असार, साउन, भदौ र असोज महिनासम्म कैलालीका नदीमा देखिने गर्छ । 

झण्डै १० वर्षदेखि कैलालीका नदीमा देखिन थालेको डल्फिन वर्षायाम सुरु भएसँगै नदीमा देखिने गर्छन् । गत असारदेखि नदीमा डल्फिन देखिन थालेपछि डल्फिन हेर्नेहरुको भीड लाग्नेगरेको स्थानीयले बताएका छन् । विश्वको सबैभन्दा नजिकबाट डल्फिन अवलोकन गर्न सकिने कैलालीका नदीमा डल्फिन हेर्नकै लागि बाह्य तथा आन्तरिक पर्यटकहरु आउने गर्छन् । 

हाल कैलालीको मोहना, पथरिया नदीमा करिब ३० वटा डल्फिन रहेका छन् भने जसमध्ये करिब १२ वटा डल्फिनका बच्चा रहेका छन् । कैलालीका नदीमा भएका विश्वकै दुर्लभ डल्फिनको संरक्षणका लागि डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल स्थापना गरिएको छ । हाल उक्त समितिले कैलालीका नदीमा डल्फिन संरक्षणमा भूमिका खेल्दै आएको छ । तर, डल्फिन संरक्षणमा प्रयाप्त पहल भने हुन सकेको छैन । 

कैलालीका नदीमा देखिएको डल्फिनलाई अर्थ सरोकारकर्मी कुलराज चौधरीले क्यामरामा कैद गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register