वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सुशान्त सिंह, ३६ वर्षीय सल्लउदिन वेग र ५३ वर्षीय राजु दाहाल रहेका छन् । उनीहरुले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दुबई, कुबेत र क्रोएसियालगायतका देश पठाईदिने भन्दै रकम ठगी गरेका थिए । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सुशान्त सिंहले […]

Sep 12, 2024 - 09:27
 0
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सुशान्त सिंह, ३६ वर्षीय सल्लउदिन वेग र ५३ वर्षीय राजु दाहाल रहेका छन् ।
उनीहरुले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दुबई, कुबेत र क्रोएसियालगायतका देश पठाईदिने भन्दै रकम ठगी गरेका थिए । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सुशान्त सिंहले दुई जनाबाट ८ लाख ४० हजार रुपैयाँ, सल्लउदिन वेगले दुई जनाबाट ७ लाख २० हजार रुपैयाँ र राजु दाहालले तीन जनाबाट ८ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए ।
पीडितहरुले दिएको जाहेरीका आधारमा खोजतलास गर्दै जाँदा काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । हाल उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register