‘महाराज’को आवरणमा गुन्डाराज: भक्तजनको चन्दाबाट गुन्डालाई करोडौं, मजदुरलाई ज्याला पनि छैन (भिडिओ)

साउनभर चलेको विवादित कोटिहोममा सयौं मजदुरलाई काम लगाइएको थियो । ती श्रमिकलाई दैनिक दुई हजार रुपैयाँ ज्याला दिने भन्दै हाजिर गराइएको थियो । उनीहरूलाई एक सुको पनि पैसा दिइएको छैन । बरु गुन्डागर्दी गराउन बोलाइएका युवालाई भक्तजनको चन्दाबाट दैनिक पाँच हजारका दरले पैसा दिइएको छ ।

Aug 28, 2024 - 14:39
 0
‘महाराज’को आवरणमा गुन्डाराज: भक्तजनको चन्दाबाट गुन्डालाई करोडौं, मजदुरलाई ज्याला पनि छैन (भिडिओ)

काठमाडौं । धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका विजय भण्डारीले ‘पशुपति कोटिहोम’मा गुन्डागर्दी गर्न बोलाइएका टोलीका सदस्यलाई दामासाही ढेडलाख दिए पनि काम गर्न बोलाइएका मजदुरलाई पारिश्रमिक नदिएको पाइएको छ ।

पशुपति कोटिहोमबाट उठेको दानको रकमसमेत दुरुपयोग भइरहेको आरोपका बीच महिनौं मेहनत गरेका श्रमिकहरू शोषित भएको भेटिएका छन् ।

साउन महिनाभर पशुपतिनाथ क्षेत्रमा चलेको ‘विवादित’ कोटिहोमका मुख्य सङ्कल्पकर्ता भनिएका कथित बाल योगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज ऊर्फ विजय भण्डारीले पारिश्रमिक नदिएको भन्दै श्रमिकहरू गुनासो गरिरहेका छन् ।

साउन महिनाभर पशुपतिनाथ क्षेत्रमा चलेको विवादित कोटिहोममा केही मजदुरलाई ‘स्वयम्‌सेवक’का रूपमा काम गराइएको थियो ।

धर्मको आवरणमा ठगी : विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्‍याएको अर्को मुद्दा आकर्षित

ती श्रमिकहरूलाई दैनिक दुई हजार रुपैयाँ दिने भन्दै हाजिर गराइएको थियो तर, महायज्ञ सकिएपछि उनीहरूलाई एक सुको पनि पारिश्रमिक दिइएको छैन ।

काम गरेको पैसा नपाउनेमा झन्डै सयजना जति मजदुर छन् । आफूहरूलाई दैनिक दुई हजारका दरले पैसा दिन्छु भनेर हाजिर गराएर काम लगाइएको उनीहरूले बताएका छन् ।

भक्तजनलाई ठगी र मजदुरलाई शोषण

कोटिहोम सकिएपछि विजय भण्डारी सम्पर्कविहीन भएका छन् । उनी भागेपछि पशुपति खड्का नाम गरेका बिचौलियाको बालुवाटारस्थित पसल पीडितहरूले घेरेका छन् ।

‘एक महिनासम्म काम लगाएर पैसा खाने चोर यो हो’ भन्दै पीडितहरूको एक समूहले खड्काको पसल घेरेका सार्वजनिक बेइज्जतीसमेत गरेका छन् ।

रिपोटर्स डायरी: महायज्ञमा ‘महाराज’को निशानामा परेर पनि उम्किएको त्यो रात !

पीडितहरूले धर्मको नाममा गरिबको शोषण भएको आरोप लगाएका छन् । आरोपित खड्काले भने आफूले पैसा दिने भनेर नबोलाएको भन्दै उम्कन खोजेका छन् । पीडितले घेरा हालेपछि मिडियासँग उनले भनेका छन्, “मैले पैसा दिन्छु भनेर कहीँ बोलेको छैन । स्वयम्‌सेवक भनेर ल्याएको हुँ । उहाँहरूले सेवा गरेका हो, काम गरेको होइन ।”

श्रमिकको निमेक मारेर गुन्डागर्दीमा करोडौं खर्च

पशुपति कोटिहोममा आयोजक विजय भण्डारीको सुरक्षाको लागि भन्दै सय जनाभन्दा बढी युवा राखिएको थियो । ती युवाको काम आयोजकबारे प्रश्न उठाउनेलाई कुटपिट गर्नु र हुल दङ्गा गर्नु थियो ।

कोटिहोमको अन्तिम दिन विजय भण्डारीलाई पक्राउ गर्न प्रहरी आउँदा भिड्ने पनि उनीहरू नै थियो । उनीहरूलाई भने दैनिक दैनिक पाँचहजार रुपैयाँको दरले पैसा दिइएको आयोजक समूहकै सदस्यहरू बताउँछन् । यसरी एक करोड रुपैयाँभन्दा बढी ‘चुल्ठे-मुन्द्रे’लाई दिइएको रकम भक्तजनकै चढाएको दान रकम हो ।

यसरी ‘गुन्डागर्दी’को लागि करोडौं रकम खर्चिएको कोटिहोममा भारी बोक्ने र फोहोर सोहोर्ने श्रमिकलाई भने खाली हात बनाइएको हो । पीडितहरूले भने १० दिनको पैसा मात्र आफूहरूले दानस्वरूप छाड्न सक्ने तर, महिनाभरको निमेक माया मार्न नसक्ने बताएका छन् ।

विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

उनीहरू भन्छन्, “हाजिर लगाएर काम गराइएको छ । बरु हामी १० दिनको पैसा कोटिहोमको लागि दान स्वरूप छाड्न सक्छौँ । २० दिनको भए पनि पैसा चाहिन्छ ।”

कोटिहोममा मजदुरलाई ‘शाही युवा शक्ति’ भन्ने लेखिएको ज्याकेट दिएर काम लगाइएको थियो । उनीहरूलाई सुरक्षादेखि सरसफाईसम्मका काम दिइएको थियो । बिहान-बेलुका खाना त्यही दिइए पनि दैनिक १८ घण्टा बढी काम लगाइएको थियो ।

आयोजकमाथि प्रश्न उठाउनेहरूलाई कुटपिट गर्दै भण्डारीले खटाएका मान्छेहरू ।

“एक महिनासम्म हामीलाई मोटो बोक्ने, चामल बोक्ने, फलफूल बोक्नेदेखि सरसफाईका काम लगायो । हाजिर गरेर काम सुरु हुन्थ्यो । वाकीटकी सेट दिएको थियो । अर्को साथीसँग समन्वय हुन्थ्यो । अहिले पैसा माग्दा दिँदैन । सित्तैमा लगाएको भनेर पन्छिन्छन्,” पीडितहरूको गुनासो छ ।

पसिनाको मूल्य माग्न जाँदा आफूहरूलाई प्रहरी लगाएर थुन्ने धम्की दिएको पीडितहरूको गुनासो छ । “पैसा माग्न पशुपति खड्काको पसलमा गएका थियौँ । डीएसपी लगाएर थुन्ने धम्की दियो । अहिले हामीलाई चिन्दिनँ भन्छ । हामीले काम गरेको ज्याला पनि नपाउने कस्तो न्याय हो ? गरिबलाई मारेर कस्तो धर्म कमाउन गरिएको महायज्ञ रहेछ ?,” पीडितहरूले आक्रोश पोखेका छन् ।

पीडितलाई काम लगाएको पैसा नदिने नियतबाट धार्मिकता र अध्यात्मको नाममा ठगी र शोषण प्रष्ट देखिएको जानकारहरू बताउँछन् ।

चन्दादान पारदर्शिताको प्रश्न

कोटिहोममा आफूले गरेको दान कहाँ प्रयोग हुन्छ वा दुरुपयोग हुन्छ भन्नेमा समेत अधिकांश भक्तजनले चासो राखेनन् । चलअचलन सम्पत्ति दान दिए ।

तर, आयोजक विजय भण्डारीले भक्तहरूबाट प्राप्त भएको दान एकल तजबिजीमा खर्च गरेका छन् । कार्यक्रम सकिएको दुईसाता पुग्न लाग्दासमेत उनले हिसाबकिताब सार्वजनिक गरेका छैनन् ।

के महायज्ञमा उठेको रकम सङ्कल्पकर्ताले मनमौजी रूपमा खर्च गर्न वा आफ्नो व्यक्तिगत बनाउन सक्छन् ? भन्दै आर्थिक पारदर्शीताको प्रश्न पनि उठ्न थालेको छ ।

कार्यक्रम सकिएको २ साता पुग्नलाग्दा कति दान प्राप्त भयो भनेर सार्वजनिक गरिएको छैन । जबकि निश्चित उद्देश्यका साथ गरिएको यस्तो अनुष्ठानमा हरेक दिनको रकम सार्वजनिक गर्ने प्रचलन रहँदै आएको छ । यो हिसाबले दैनन्दिन सङ्कलित रकम वाचन गरेर सुनाउनुपर्ने हो ।

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)

यस विषयमा जिज्ञासा राख्दा आयोजक विजय भण्डारीले पत्रकार सम्मेलन गरेर सबै सार्वजनिक गर्ने बताए । अहिले आफूसँग सबै हिसाबकिताब नरहेको उनकै समूहका कतिपयलाई भन्न थालेका छन् ।

आयोजकमाथि प्रश्न उठाउँदा कुटपिटमा परेका पत्रकार श्यामसुन्दर पुडासैनी । 

कोटिहोममा भएको दान रकम जिन्सी सङ्कलन मात्र होइन, खर्च विवरणसमेत अझै गोप्य राखिएको छ । कोटिहोममा सहभागी कथा वाचकहरूलाई दिइएको ‘पारिश्रमिक’ र अरू खर्च हिसाबकिताब लुकाइएको छ ।

विजय भण्डारीको यो नियतले गेरुवस्त्रको आडमा मानिसहरूलाई भुलभुलैयामा पारेर धर्मलाई आफ्नो विजय भण्डारीले फेरि ‘धन्दा’ बनाइरहेको स्पष्ट देखिने जानकारहरू बताउँछन् ।

उनीहरू भन्छन्, “अहिले पण्डितको भेषमा कोटिहोम लगाइरहेका भण्डारी ठगीको मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत काटेका व्यक्ति हुन् । अहिले फेरि मानिसलाई ठग्न सफल भए ।”

सम्बन्धित समाचार

आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँ, भक्तजनले भने- व्यक्तिको मूल्याङ्कन कर्मले हुन्छ

पशुपति कोटिहोम: लण्डनबाट आइन् अर्की सुन्दरी कथावाचिका चन्द्रकला सखी, भक्तजनको थप आकर्षण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register