वार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न

झापा, १२ भदौ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आव २०८१–०८२ को वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ बीच आव २०८१–०८२ का लागि कार्य सम्पादन सम्झौता भएको र सोही सम्झौताको [...] The post वार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न appeared first on Jhapa Online.

Aug 28, 2024 - 15:04
 0
वार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न

झापा, १२ भदौ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आव २०८१–०८२ को वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ बीच आव २०८१–०८२ का लागि कार्य सम्पादन सम्झौता भएको र सोही सम्झौताको बुँदामा आधारित रही प्रदेश प्रहरी प्रमुख खापुङ तथा कोशी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरु बीच कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम भएको हो ।

भाद्र १२ गते भएको कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका माहाशाखा प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, बिशेष सुरक्षा प्रहरी गण दुहबी, प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा र नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरु प्रत्यक्षरुपमा सहभागी हुनु भई कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो भने अन्य १२ वटा जिल्लाका प्रहरी प्रमुखहरु र प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढीका प्रमुख Virtual माध्यमद्वारा सहभागी हुनु भई सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

बार्षिक कार्य सम्पादन सम्झौता बमोजिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यालय प्रमुखहरुले प्रहरी ऐन, नियमावली र प्रचलित कानुनको अधिनमा रही नेपाल प्रहरीको काम कर्तव्य र अधिकार अनुसार आफुले गरेका कार्यहरुको प्रगति बिवरण त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा प्रतिवेदन तयार गरी कोशी प्रदेश प्रहरी कार्यालयमा बुझाउनु पर्ने छ ।

The post वार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register